Thursday, December 7

भारतीय मिडियाले समेत भन्यो ‘अयोध्या नेपालमा पर्छ’ (भिडियो सहित)

July 15, 2020 2399

प्रधानमन्त्री केपी श’र्मा ओलीले वास्तविक अयोध्या नेपालमा रहेको अभिब्यक्ति दिएपछि त्यसको अन्तराष्ट्रिय रुपमै चर्चा भएको छ । नेकपाकै वरिपष्ठ उपा’ध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री ओ’लीले यो विषयमा माफी माग्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले तथ्य र प्रमाण विना यस्ता अभिब्य’क्ति दिएका कारण विवाद निम्तिएको भन्दै माफी माग्नुपर्ने बताएका छन् । अन्य राजनीतिक दलका नेताहरुले पनि सत्तामा बसि’रहनका लागि प्रधानमन्त्री ओलीले सबैको ध्यान अन्यत्र लैजा’न अयोध्याको प्रसंग उठाएको भन्दै टिप्पणी गरेका छन् ।

भारतीय मिडियाले प्रधान’मन्त्रीको सो अभिब्यक्तिको विरोध गर्दै समाचार प्रसारण गरेका छन् । तर केही भारतीय मिडि’याले भने नेपालका पक्षमा समाचार प्रशारण गरेका छन् ।

भारतीय मिडियाले नै रामाय’णमा उल्लेख भएको देश अयोध्या नेपालमा रहेको भन्दै भिडियो सार्वजनिक गरेका छन् । स्थलगत रिपोटिग गरिएको भिडियो सामग्रीमा रामायण’मा उल्लेख भएका स्था’नहरुको भ्रमण गरिएको छ । जसमा अयोध्या नेपालमा रहेको तथ्य देखाइएको छ ।

भारतीय संचार’माध्यमले एक बर्ष अघि तयार परेको सामग्री अहिले भाइरल बनेको छ । भारतीय संचारमाध्यम न्युज १८ इन्डियाले तयार परेको उक्त सामग्रीमा रामायणमा उल्लेख गरिएको वास्त’विक अयोद्ध्या नेपालको चितवनमा रहेको बताइएको छ ।

‘श्रीराम का वंश लोक (नेपाल में मिले रामायण के सच्चे सबूत’ भन्दै न्युज १८ इन्डियाले इतिहासका विभिन्न प्रसङ्गहरु’लाई कोट्याउदै रामायणमा उल्लेख गरिएको अयोध्यालाई पुष्टि गर्ने थुप्रै प्रमाण रहेको समेत दाबी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा मन्तब्य दिने क्रममा अयोध्या भारतमा नभएर नेपा’लमै भएको र भारतले नक्कली अयोध्या बनाएको बताएका थिए । – ताजा खबर

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्