July 15, 2020 1700
सुनचाँदीको मूल्य’ले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ तोलाको ९२ हजार ८ सय पुगेको छ । मंगलबारको तुलना’मा बुधबार (आज) एकैदिन तोलामा ६ सय रुपै’याँले बढेको छ ।
नेपाल सुनचाँदी व्य’वसायी महासंघले बुधबारका लागि छापावाल सुन तोलाको ९२ हजार ८ सय तोकेको छ । मंगल’बार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यो मूल्या अहि’लेसम्मकै उच्च हाे । यसअघि गत बि’हीबार सुन प्रतितोला ९२ हजार ४ सय पुगेको थियाे ।
यस्तै तेजावी सुन’को भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोला’को ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोला’को एक हजार नाघेको छ ।
महासंघले आज (बुधबार) का लागि चाँदीको भाउ तोलाको १ हजार ५ रुपैयाँ कायम गरेको छ । मंगल’बार तो’लाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस्