रोजगारीको लागि कु’वेत आएका एक नेपालीको ज्या’न गएको छ । विगत १६ वर्षदेखि कुवेतमा कार्यरत पोखराका ५१ वर्षीय प्रेम कुमार गुरुङको मंगलबार बिहान ज्या’न गएको हो ।
गुरुङ कुवेतको अल मिश्रीफ कार वास कम्पनीमा सवारी चालकको रुपमा कार्यरत थिए । उनी मंगलबार बिहान खाजा खाएर बसेकै ठाउँमा ढलेका थिए ।
एक्कासी ढलेपछि एम्बु”लेन्स बोलाएर उनलाई अस्पताल पुर्याइएको थियो । केहीबेरमै अस्पतालले उनको मृ’त्यु भैसकेकोे घोषणा गरेको थियो ।
सहकर्मीका अनुसार मंगलबार बिहान करिब ८ बजे खाजा खाएर बसेकै ठाउँमा ढलेका थिए । उनी रक्तचा’पको बिरामी रहेको बुझिएको छ ।
घटनाको प्रकृतीको आधारमा उनको मृ’त्युको कारण हृ’दयघात हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृ’त्युको यकिन कारण खुल्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । मृ’तक गुरुङको घरमा श्रीमती र एक छोरा छन् । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्