Tuesday, March 28

आज कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस्

July 15, 2020 1298

नेपालमा बुध’बार थप ११६ जनामा कोरोना भाइ’रसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित ला’इभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा कोरो’ना पोजेटिभ देखिएको हो ।

कहाँ कति थपिए ? हेर्नुहोस्

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्ष’णमा धनकुटाका एकजना, प्रादेशि’क जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ का एकजना, ताप्लेजुङका एकजना, गजेन्द्र नारायण सिंह अस्पताल राजवि’राजको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १३ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ६ जना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नुवाकोटका एकजना, काठमाडौंका ४ जना र सिन्धुपाल्चो’कका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्ष’णमा चितवनका ८ जना र नवलपरासी पूर्वका ११ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका ५ जना, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा धादिङका एकजना, काठमाडौंका एकजना, पाल्पाका एक जना र गोरखाका एकजना संक्रमित भएका छन् ।

यस्तै पोखरा स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ३ जना र म्याग्दीका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोग’शालामा गरिएको परीक्ष’णमा सल्यानका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, सुर्खेत प्रादेशिक अस्प’तालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना, दैलेखका ३ जना, जाजर’कोटका एकजना, जुम्लाका २ जना, मुगुका एकजना, सल्यानका २ जना, सुर्खेतका २८ जना संक्रमित भएका छन् ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेलधुराका २ जना संक्रमित भएका छन् । – खबर हब

प्रतिकृया दिनुहोस्