Monday, October 2

रबिको आक्रोश: केही पापीले हामीलाई क्रसरवालासँग पैसा लिएको आरोप लगाए (भिडियो सहित)

July 15, 2020 1910

चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं १ मा पुगेर आफ्नो कार्यक्रम तयारी गरिरहेका छन् ।

कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम तयार गरिरहेको छ ।

गत आईतबार को सीधाकुरा कार्यक्रम प्रदेश नम्बर १ को झापाबाट सञ्चालन गरिएको थियो भने आज मंगलबार भएको कार्यक्रम इलाम वाट सञ्चालन गरिएको थियो ।

कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।

प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

त्यस्तैमा सीधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने ले मोरङको लेटाङ्ग पुगेर आफू माथि एउटा आरोप लागेको खुलसा गरेका छन् , उनले एउटा भिडियो पोस्ट गर्दै आफूहरुलाई केही व्यक्ति हरुले क्रसर व्यवसायी संग मिलेर पैसा खाएको आरोप लगाएको भन्दै आक्रोश पोखेका छन् ।

 

उक्त आरोपको खण्डन गर्दै भोलि बिहिबार प्रसारण हुने कार्यक्रममा संपूर्ण नालीबेली प्रस्तुत गर्ने जानकारी समेत गराएका छन् । उनले कहिले कसले आरोप लगायो भन्ने बारे केही नखुलाए पनि करिब एक वर्ष अघि एक पत्रकार ले नै उनीमाथि यस्तो आरोप लगाएको बारे रबीले संकेत गरेको अनुमान लाउन सकिन्छ ।

उनले आफ्नो फेसबुक यस्तो लेख्दै एउटा भिडियो सार्वजनिक गरेका छन् “केही पापीहरुले हामीलाई क्रसर व्यवसायीसंग पैसा लिएको आरोप लगाएर बदनाम गराउने दुस्साहस गरेका थिए। भोलिको कार्यक्रममा तिनको कर्तुत र कुकर्मको सातपुस्ते प्रशारण गर्नेछौ।”

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्