पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।
अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।
महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।
यता, महिला’हरुको चाड तीज नजि’किरहँदा सु’नको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी म’हासंघले जनाएको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ ।
बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस्