Sunday, September 24

खुशीको खबर : विदेशमा अलपत्र नेपालीहरुलाई अब सरकारी खर्चबाट उद्दार गरिने

July 16, 2020 1719

कोरोना महामारीका कारण विदेशमा अल’पत्र परेका नेपाली नागरिकहरुलाई सरकारी खर्चबाट उद्दार गरिने भएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोज’गारीमा गएर कोरोना महामारीका कारण अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका नेपाली श्रमिकहरु सरका’री खर्चबाट स्वादेश फर्कन पाउने भएका हुन् ।

मन्त्रिपरिषदबाट कोरोना महामारी’का कारण वि:देशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका–२०७७ पारित भएको छ । उक्त निर्देशिका पारित भएसँगै कोरोना महामारीका कारण विदे’शमा अ’लपत्र परेका नेपाली नागरि’कहरु सर’कारी खर्चमा फर्किन पाउने भएका हुन् ।

प्रवक्ता डा. युवराज खतिव’डाका अनुसार विदेशमा अल’पत्र परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको र’कम प्रयोग गरिने भएको छ । यस अगाडि सरकारले कोरो’ना महामारीका कारण परेर स्वदेश फर्किन चाहने नेपालीले आफैंले हवाइजहा’जको टि’कट खरिद गर्नुपर्ने निर्णय गरेको थियो ।

तर, सरकारको उक्त निर्ण’यविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अलपत्र परेकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

साथै, निर्देशिका बनाई मन्त्रिपरिष’दबाट स्वीकृत भएपछि विदेशमा अलपत्र परेका नेपालीलाई सर’कारी खर्चमा नेपाल ल्याउने बाटो खुलेको जानकारी गराइएको छ ।

त्यस्तै, सरकारले सञ्चारमा’ध्यमको नवीकरण शुल्कमा छुट दिने निर्णय पनि गरेको छ । कोरोना महामा’रीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सर’कारले उक्त निर्णय गरेको जानकारी गराइएको छ । – न्युज २४ नेपाल (फाइल फोटो)

प्रतिकृया दिनुहोस्