Thursday, December 7

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ? हेर्नुहोस….

July 17, 2020 4243

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यता, महिला’हरुको चाड तीज नजि’किरहँदा सु’नको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी म’हासंघले जनाएको छ ।

सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजा;रमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्