Sunday, May 16

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् संपूर्ण विवरण सहित

July 17, 2020 1129

नेपालमा शुक्र’बार थप १०१ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर परी’क्षण भएकोमा १०१ जनामा कोरो’ना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइ’भ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने ११ हजार ५३४ जना निको भएका छन् ।

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि’एको परीक्षणमा सप्तरी’का एकजना, कोशी अस्पताल विराट’नगर प्रयोगशालामा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला विराटनगरमा झापाका एकजना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोग;शाला जनकपुरमा गरिएको परीक्षणमा धुनषाका ८ जना, नारायणी अस्पताल विरगं’जमा पर्साका २ जना, बाराका एकजना संक्रमित भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोग’शाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र नुवाको’टाका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा बाराका २ जना, मकवानपुरका एकजना, नवल’परासी पूर्वका ३ जना, रौतहटका ८ जना र सिन्धुलीका एकजना संक्रमित भएका छन।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा काभ्रेका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, पाल्पाका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंज प्रयोगशालामा बर्दियाका १० जना, दाङ ५ जना र रोल्पाका १३ जना संक्रमित भएका छन् ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोग’शालामा गरिएको परीक्षणमा सल्यानका एकजना र रुकुम पश्चिमका एकजना संक्रमित भएका छन् ।

यस्तै डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धु’राका एकजना, बझाङका एकजना र डोटीका एकजना संक्रमित भएका छन् । योसँगै हालसम्म १७ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रम;णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरो’नाका कारण ज्यान गुमा’उनेको संख्या ४० पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्