Monday, November 28

यस्ताे तीर्थस्थल : जहाँ जान गाह्रो, पुगेपछि स्वर्ग ! हेर्नुहोस्….

July 18, 2020 1242

प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्व’र सहज रूपमा पुग्न केबलकार चलाइयो। मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो। यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रा’लाई सहज बनाइँदै छ। गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन्।

परापूर्वका’लदेखि नै १५ मिटरको या’त्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिका–३ स्थित नेडुप्च्यु पुग्न भक्तजनले जीउज्यानको पर्वाह नगरी भी’रको यात्रा गर्ने गरेको स्थानीय सूर्य गुरुङको भनाइ छ।

‘साबि:कका सिर्दिबास, उहि’या, बिही, प्रोक, ल्हो, चुम्चेत गाविससम्मका मान्छे नेडुप्च्यु जान पहराको बाटो हिँड्छन्’, उनी भन्छन्, ‘त्यहाँ चेल्डाङ गुम्बा, १०८ धारा, पोखरी, गुफा, ठूलो मैदान र तल्लो भेगमा धेरै ठूलो ग्लासियर पनि छन्। नपुगुन्जे:ल गाह्रो हो, पुगेपछि स्वर्ग आएजस्तो लाग्छ।’

उनका अनुसार किमोलुङका तीन ठूला गुम्बामध्ये एउ’टा सोही ठाउँमा छ। ‘किमोलुङमा सेराङ, लेटाङजस्तै ठूलो गुम्बा चेल्डाङ यहीं पर्छ’, उनी भन्छन्,

‘उहिल्यै ठूला ला’मा गुरु फा पेमाढुन्डुपले ढे’माला भन्ने कन्यालाई बोलाएर पहिलो चोटि यहाँका सबै तीर्थस्थल’हरूको दर्शन गराएपछि यसको प्रचार भएको भन्ने जिजु’बाजेको पालादेखि सुन्दै आएको हो।’

नेडुप्च्युको दर्शनपछि निःसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको अर्का स्थानीय वीरबल घले बता’उँछन्। ‘त्यहाँ पुगेपछि सन्तान नहुनेको सन्तान हुने, नबोल्ने बच्चा बोल्ने हुन्छ भन्ने जनविश्वास छ’,

उनी भन्छन्, ‘किमोलु’ङको दर्शन गर्नेह’रू पनि त्यहाँ अ’निवार्य जाने गर्छन्।’ याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्