Thursday, December 9

बनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने एक जना पक्राउ

July 18, 2020 457

भारतको बनारसमा एक नेपालीको कपाल खौरिदिएको घ’टनामा संलग्न एक व्यक्तिलाई त्यहाँको पुलि’सले प’क्राउ गरेको छ। घटनामा संलग्न सन्तोष पाण्डेय नामका व्यक्ति पक्रा’उ परेको र अन्यको खोजी भईरहे’को प्रहरीले जनाएको छ।

नेपाली व्यक्तिको कपाल खौरिदिए’को भिडि’यो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट भिडि’योसमेत बरामद गरिएको र अन्य केहीलाई हिरा’सतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नलाई कठोर कारबा’ही गरिने जनाएको छ । उक्त भिडियो नार’समा एक संगठन चला’उँदै आएका अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सा’र्वजनिक गरेका थिए ।

पाठक विश्व हिन्दु सेना संगठन’मा आबद्ध रहेको जनाइएको छ । नेपालका नेता तथा नेपालीविरुद्ध गालीगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनावि’रुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।

प्रतिकृया दिनुहोस्