विश्वको स’र्वाधिक लोकप्रिय सामा’जिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्या’टमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्याव’लेटबाट प्रयोग गर्न सकि’नेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।
त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाई’लबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्या’सेन्जर रुम वा ग्रुप च्या’टमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ ।
अहिले फेसबुक एप प्रयोग’कर्ताहरुले सामुहिक कुरा’कानी (ग्रुप च्याट)मा आठ जना र म्यासे’न्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ ।
कम्पनीले चाडै नै म्यासेन्जर रु’ममा ५० जनासम्म’का बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न ला’गेको पनि जनाएको छ । यो सुविधा प्र’योग गर्नका लागि प्रयोग’कर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्ज’रको नयाँ संस्करण जोड्नु पर्नेछ ।
स्क्रिन शेयर गर्नका लागि म्यासेन्ज’रको नयाँ संस्क’रणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ । – खबर हब
प्रतिकृया दिनुहोस्