Sunday, September 24

श्रीमतीका कारण संसार त्यागेका प्रहरी हवल्दारका आमा बुबा न्याए माग्दै मिडियामा (भिडियो सहित)

July 18, 2020 1814

सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले देहत्या’ग गरेको घ’टनाको बुवा आमाले न्यायको माग गरेका छन ।

मिडियामा पहिलो पटक कुराकानी गर्दै बुवा काशिनाथ र आमा नर्बदा खतीवडाले छोराले आफनो कारण नभइ कसैले मा’नसिक ट’चर दिएर म’र्न बाध्य बनाइएको जिकिर गरेका छन ।

घ’टनाको सत्य’तथ्य कुरा बाहिर आउने आसा बसे’का बुवा आमाको अझै आखा ओभाएका छैनन । १६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घट’नामा उनका भा’इले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घ’टना भएको तेस्रो दिनमा दुरुत्साहनको जाहेरी दिएका थिए ।

यसैका आधारमा दुरुत्सा’हनको आरोपमा प्रहरीले एक महिला र एक पुरुषलाई पक्रा’उ गरी मुद्दा चलाएको छ । प्रहरी हवल्दार ओम’प्रकाश खतिवडाको घटना’मा संलग्न रहेको आरोपमा प्रहरी’ले २ जनालाई पक्रा’उ गरी मुद्दा चलाएको हो ।

मोर’ङको उर्लाबारी–२ राजघाटबाट तीनदिन अघि पक्राउ परेका उनीहरुलाई सुनसरी प्रहरीले मंगल’बार मात्र सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्या’लय सुनसरीका प्र’वक्ता समेत रहेका प्रहरी नायब उपरि’क्षक विनोद शर्माका अनुसार मृतक खतिव’डाका भाईले दिएको जाहेरीको आधारमा दीक्षा खतिवडा र उनकी प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरी मुद्दा चलाएको हो ।

प्रहरी नायब उपरिक्षक शर्माले भन्नुभयो, ‘मृ’तक खतिव’डालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए । श्रीमती दीक्षा र विशालकै कारण उनी डि प्रेसनमा पुगेका थिए ।’

कल डिटेल अनुसार देहत्या’ग गरेको समयमा उनले श्रीमतीलाई र विशाल’लाई फोन गर्दा लामो समय दुबैको मोबा’इल व्यस्त भएपछि डि प्रेसन र आ’वेशमा आएर देहत्या’ग गरेको प्रारम्भिक अ’नुसन्धानबाट खुलेको छ ।

प्रतिकृया दिनुहोस्