मिति तय भएका विवाह तोडिए’का कैयौं घटना’हरु हामीले देखेका छौं । विभिन्न कारणहरुले बिहे तोडिए’का घट’नाहरु भइ’रहन्छन् । यस्तैमा भारतको तेलंगनामा एउटा निकै रोचक घटना भएको छ ।
यहाँ बिहे चलिरहेका बेला मण्डप’मा बसेकी बेहुली’ले आफ्ना पूर्वप्रेमीलाई देखेपछि बिहे गर्न अस्वीकार गर्दै मण्डल छाडेर हिँडेकी छिन् । आजतकको समाचार अनुसार घटना तेलंगनाको वाना’पार्टी जिल्ला’को चारलापल्ली गाउँको हो ।
बेहुली विवाह’को मण्डपमा बसेकी थिइन् । विवाहको कार्यक्रम चलिरहेको थियो । जब बेहुला’ले मंगलसूत्र लगाइ’दिनै थालेका थिए त्यही बेला बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलीले आफ्नो बिहे कार्यक्रम चलि’रहेका बेहुलासँग बिहे गर्न नचाहे’को बताइन् ।
जानकारी’का अनुसार बिहे चलिरहेका बेला बेहुलीले आफ्ना पूर्व’प्रेमी पनि त्यिहाँ आएको देखेकी थिइन् । त्यसपछि बेहुलीले बिहे गर्न अस्वी’कार गरिन् । बिहेमा आएका आफन्तले उनलाई आवेशमा फैसला नगर्न भने तर बेहुली आफ्नो फैसलाबाट पछि हटिनन् ।
आफन्त’हरुको दबाब देखेपछि बेहुली मण्डपबाटै उठेर हिँडिन् । बेहुलीका परिवारका अनुसार उनका पूर्वप्रेमी विवाहस्थल’मा देखिएका थिए जसलाई देखेपछि बेहु’लीले बिहे गर्न अस्वीकार गरेकी थिइन् ।
केही मानिसहरु’का अनुसार परिवारले उन’लाई समात्न प्रया’स गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । परिवारले बेहुलीका प्रेमी’लाई विवाह तो’डिदिएको आ’रोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्