Sunday, September 24

वडाध्यक्षका छोरा’लाई नियन्त्रणमा लिन खोज्दा प्रहरी’माथि ढुङ्गामुढा प्रहा’र

July 19, 2020 1323

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दि’लीप केसीको समूहले शनिबार प्रहरी’माथि ढङ्गामुढा प्र’हार गरेको छ ।

स्थानीय पारस रावतलाई कुट’पिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भु’वन केसीका छोरासमेत रहेका दिलीप’लाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रह’रीमाथि ढुङ्गामुढा प्र’हार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्ट’राईले बताउनुभयाे ।

बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कु’टपि’ट गरेको निवेद’नका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप के’सीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइ’ते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रो’कायाले जान’कारी दिनुभयाे ।

घाइते प्रहरी जवा’नको टाउको र कम्म’रमा चो’ट लागेको छ । ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइ’ते भएका छन् ।

घा’इते जवान अछाम’को बयालपाटा अस्प’तालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरीमाथि ढुङ्गा’मुढा प्रहार गर्ने केसीसहितका यु’वालाई प्रहरीले खोजिरहेको छ । रासस (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्