नेपालमा कोरोना’भाइरस संक्रमण निको भएर घर फर्कि’नेको संख्या ११ हजार ६९५ पुगेको छ ।
स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा जागेश्वर गौतमले आइतबा’रसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी’ दिए ।
उनका अनुसार आज ५८ जना कोरो’नाभाइरस संक्रमणमुक्त भएका छन् । आइ’तबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौत’मले बितेको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जना’को नमुना परीक्षण भएको जानकारी दिए ।
जसअनुसार काठमाडौंका १ र ललित’पुरका २ गरी थप १५६ जनामा कोरोनाभा’इरस संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपाल’मा कोरोनाभाइरस संक्रमित’को कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६.२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।
यसैगरी हाल’सम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना’भाइरस संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए । यो समाचार खबर हब डट कम बाट साभार गरिएको हो ।।
प्रतिकृया दिनुहोस्