Sunday, September 24

चितवनमा रामसँग जोडिएका अवषेश फेला, नेपाली भूमिमा भारतीय दबदबा (भिडियो सहित)

July 20, 2020 1454

हिन्दू धर्मालम्बीहरु’को आस्था भगवान रामको जन्मबारे विभि’न्न दाबीहरु रहँदै आएका छन् । एकिनका साथ कतै’पनि राम जन्मबारे पुष्टि गर्ने स्पष्ट आधारहरु पाइदैन ।

हिन्दू धर्मसँगका धेरै प्रसं’गहरु नेपालसँग जोडि’ने गर्छन् । रामसँग जोडिएका धेरै प्रसंग नेपा’लका विभिन्न ठाउँहरु पनि रहेका छन् । चितवन र प’र्साका दक्षिणी भागमा रामसँग जोडिएका प्रसंगहरु फेला परेका छन् ।

त्यसैले पनि प्रधान’मन्त्री केपी शर्मा ओलीले केही दिनअ’घि राम जन्मिएको अयोध्या नेपालमै पर्ने अभिव्यक्ति दिए’का थिए । यसले नेपाल–भारत दुबैमा तरंग पैदा ग-यो ।

चितवन जिल्लाको सा’विकको अयोध्यापू’री पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाटदेखि ३० किलोमिटर दक्षिणमा पर्छ ।

र, यो क्षेत्र प्रचार र संरक्ष’णको अभावमा जीर्ण बनेको छ । अयोध्यापुरी नेपाल भार’तको त्यो सीमाना हो, जहाँ अस’मान सन्धिसँगै गण्डक बाध बनेको थियो ।

यही बाधसँगै बनेको पुलभन्दा पारीको क्षेत्र भार’तको विहार राज्य पर्छ । नेपालको गण्डकी प्रदे’शमा पर्ने विनयी’त्रिवेणी गाउँपालिकाबाट नेपालकै सुस्ता र नेपा’लकै चितवनमा पर्ने वाल्मि’की क्षेत्रमा जानका लागि एकमात्र विकल्प सोही पुल मात्र हो ।

सामान्य अवस्था’मा पनि पुल पार गरेर नेपाली भूमि सुस्ता जान होस् वा वाल्मिकी क्षेत्र दुवैतर्फ जानलाई भारतीय एस’एसबीका कारण निकै कष्ट झेल्नुपर्छ । अर्काे विकल्प भनेको, डुंगा चढेर नारायणी नदी पार गरेर पुग्ने हो ।

वाल्मीकि आश्रमको क्षेत्रमा ऐति:हासिक पुरातात्व र प्रमाणिक महत्वका अवषे’शहरु फेला परेपछि २०२२ सालमा तत्का:लीन राजा महेन्द्र सोही क्षेत्रमा पुगेर केही सुकुम्बा’सीहरुलाई मन्दिरको संरक्षण गर्नेगरी बस्ती बसालेका थिए ।

देशको सीमा’नाको रक्षा गरिरहेका सुकुम्बासीका आफ्नै पीडा छन् । भारतीय एसएसबीले आजसम्म सुकुम्बा’सी बस्ती यहाँ नबसेको भए या त नक्कली वाल्मी’कि बनाईसक्ने प्रष्ट छ ।

वाल्मीकि क्षेत्र जहाँ वाल्मी’कि बसेर महान ग्रन्थ रामायणको रचना गरे, जहाँ सिता’माताले सुपुत्रद्वय लव, कुसला’इ जन्म दिइन, जहाँ लव कुशले नैतिक शिक्षादेखि धनुर्विधाको शिक्षा हासिल गरे ।

जहाँ वाल्मीकि सहित अ’साठी हजार ऋषिमुनिहरुले हवन गर्नेदेखि समाधी सम्म लि’ए । रामायणमा उल्लेख भएका अने’कन किस्साहरुको चर्चाहरु जोडिएको कथाहरु प्रत्यक्ष प्रमाणहरु फेला पर्दछन ।

यो त्यही ठाउँ हो जहाँ रामले छोडेको अश्वमे’घज्ञ घोडा लब कुशले बाधेपछि राम र लवकु’शको लडाई भएको थियो ।

पछि सुपुत्र चि’निसकेपछि राम’ले लव कुसलाई लिएर गए र सीतामाता पाताल प्रवेश गरिन भन्ने किम्बदन्तीसँग मेल खाने अवषे’शहरुले प्रधानमन्त्रीको भनाइलाई थप बल पु-याउँछ । – न्युज २४ नेपाल

भिडियो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्