भगवान रामको जन्मस्थल’का बारेमा वि’स्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।
चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयो’ध्यामा राम जन्मेको भनेर जे भनिँदैछ, त्यो सबै नक्क’ली कुरा मात्र भएको बताउनुहुन्छ ।
यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्योलमै रहेको भन्दै उहाँले भारतको सर्वोच्च अदा’लतले समेत राम जन्मेको भन्ने कु’नै प्रमाण दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्वी’कार्न सकेको छैन ।”
कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई ‘साकेत’ भनेर उल्लेख गरिएको पोखरेलले बता’उनुभयो । राम कता जन्मिए भन्ने विषय’लाई बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उहाँ’ले भन्नुभयो,
“बौद्धधर्म दर्शनका पुस्तक अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशा’स्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ ।”
लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि ज’नकपुरमा जन्मिए’काले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उहाँको भनाइ छ ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल नगरपालि’काको वडा नं ९ गणेशकुञ्ज क्षे’त्रमा विगतका पैसा, माटोका भाँडा, इँटाजस्ता सामग्री भेटिएको बताउनुहुन्छ । सर’कारी वन क्षेत्रमा ती सा’मग्री भेटिएको भन्दै उहाँले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताउनुभयो ।
इतिहासविद्हरु, पुरातत्व विभागलगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगर’पालिका लागेको उहाँले जानकारी दिनुभयो ।
नगरपालि’काले धार्मिक गुरुहरुको भेला गरी उनीहरुको सुझाव सङ्कलन गरेको बताउँदै ढकालले स्थानीय सरोकारवा’लाहरुसँग नियमित छलफल भइरहेको बताउनुभयो ।
महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश रमणानन्द गिरी यस विषयमा विस्तृत अध्ययन आवश्यक रहेको बता’उनुहुन्छ । प्रमाणबिना बोल्दा झन् सतही हुने भए’काले राजनेताहरुले विज्ञहरुसँग परामर्श लिएर मात्रै यस्ता महत्वपूर्ण विषयहरु सार्वजनिक गर्नुपर्ने उहाँ’को सुझाव छ ।
पुरातत्व विभागका महानिर्देशक दामो’दर गौतम प्रधानमन्त्रीबाट विषय उठान भइसकेकाले रामको जन्मभूमिका विषयमा अध्ययन अनुसन्धान थाल्नुपर्ने बताउ’नुहुन्छ । प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्या’लयको संस्कृति विभाग, भूगोल विभाग, इतिहास विभागलगायतका विज्ञहरुसँग परामर्श गरेर अघि बढ्ने तयारी विभा’गले गरेको गौतमको भनाइ छ ।
नेपालमा बुद्धका बा’रेमा विस्तृत अध्ययन भएको भए पनि राम र कृष्णका बारेमा खासै अध्ययन नभएको भन्दै उहाँ’ले यस्ता महत्वपूर्ण विषयमा हामीले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।
यसअघि माडीमा अयोध्यापुरी गाउँ विकास समिति नै रहेको थियो । माडीका चार गाउँ विकास समिति मिलेर माडी नगरपालिका बनेको हो ।
विसं २०५४ मा अयोध्यापुरी गाउँ विकास समि’तिका अध्यक्ष रहनुभएका नारदमणि पौडेल राम यहाँ जन्मे’को भन्ने कुरा सत्यताको नजिक रहेको बताउनुहुन्छ ।
उहाँले अयोध्यापुरीको पश्चिममा वाल्मीकि आश्रम र पूर्वमा जनकपुर रहेको बताउनुभयो । वाल्मीकि आश्रममा लव’कुश जन्मिएका हुन् भने जनकपुरमा ‘सीता जन्मिएकी हुन् । दुवै ठाउँ यो मध्य भाग हो । जहाँ सीता गुफा पनि भएको उहाँको भना’इ छ ।
सोही क्षेत्रका अध्येता पण्डित बलभद्र पौडेलले आफ्नो लेखमा रामको जन्मभूमि सोही क्षेत्र भएको उल्लेख गरेको र उहाँका छोरा हरिकृष्ण पौडे’लले पनि यसै विषयमा अध्ययन गरिरहे’काले रामको जन्मभूमि वा विचरण गरेको क्षेत्र अयोध्या’पुरी नै भएको ठम्याइ आफूहरुको रहेको उहाँको भनाइ छ । उहाँले यस क्षेत्रको अध्ययन गर्नुप’र्नेमा जोड दिनुभयो ।
सोमेश्वर पर्वतको काखमा सीता गुफा रहेको छ । सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिता’उने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ । अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँता’रिँदै यस क्षेत्रमा आएको भनाइ छ ।’
गुफाको नजिकै रहेको अज’ङ्गको चट्टानमा सीताले शिव लि’ङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिव लि’ङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित छ । ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणी’स्थित वाल्मीकि आश्रम पुगेको जनविश्वास छ ।
वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । माडीकै वडा नं १ मा वाल्मी’कि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसङ्ग पनि मिल्ने गरेको छ ।
वाल्मीकि आ’श्रममा सीता बसेको, लवकुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्व’कै हिन्दूका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसङ्ग तर्कसङ्गत पनि देखिन्छ ।
माडीको पाण्डवन’गरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दूरीमा पर्छ तर सो क्षेत्र चितवन राष्ट्रिय निकु’ञ्जमा पर्ने भएकाले माडीवासीको सहज पहुँचमा छैन । भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्