Friday, January 22

मृत’कका परिवारका पाँच जनामा कोरोना संक्रमण भेटियो

July 20, 2020 457

कोरोना संक्रमणका कारण मृ’त्यु भएका राजविराज नगरपालिका-६ का ७३ वर्षीय व्यवसायीको परिवारका पाँच जना सदस्य’लाई कोरोना संक्रमण देखिएको छ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविरा’जको ल्याबमा गरिएको परीक्षणअनुसार मृ’तकको एकासगोल परिवा’रका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। मृ’तकका ६७ वर्षीया श्रीमती, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाती, ११ वर्षीया नाति’नीमा पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृ’त्यु भएका व्यक्तिको घरपरिवारका पाँच तथा सम्पर्कमा आएका कामदार र नातेदार १८ जनाको शुक्रबार स्वाब परिक्षण गरी’एको थियो।

शुक्र’बार साँझ लिइएको परिवारका पाँच र सँगै धरान गएका एक कामदारको स्वाब परीक्षणको रिपोर्ट आइसकेको छ भने शुक्रबार दिउँसो राजदेवी माविमा गरिएको मृ’तकको पसलमा कार्यरत कामदार र नातेदार १७ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।

परिवार’का सदस्यसँगै स्वाब लिइएको एक कामदारको रिपोर्ट नेगेटिभ आएको छ भने अन्यको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्या’लयका निमित्त प्रमुख यादवको भनाइ छ।

गत बिहीबार राति कोरोना संक्रमण’का कारण राजविराज नगरपालिका-६ का ७३ वर्षीय पुरुषको मृ’त्यु भएको थियो। घरमै खाद बिज भण्डार र कोशी ग्यासका प्रमुख डिलरको पसल रहेको उनी श्रीमतीको उपचार गराई श्रीमती र छोरास’हित भारतको दिल्ली र दरभंगा हुँदै १३ दिन अघि घर आएका थिए।

प्रोष्टेड, मुटु रोग तथा थाइराडका दीर्घ’रोगी उनलाई स्वास प्रश्वासमा समस्या भएपछि र ज्वरो लागेपछि धरा’नस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृ’त्यु भएको मृ’तकका छोराले बताए। उपचारका क्रममा कोरोना पोजे’टिभ देखिएको केही घण्टामै उनको मृ’त्यु भएको थियो।

यसैगरी, आइतबार नै हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३१ वर्षीया महिला, छिन्नमस्ता गाउँपालिका-४ का ३१ वर्षीय पुरुष र छिन्नमस्ता गाउँपालिका-५ का ९ र ३३ वर्षीय पुरुष तथा ११ र २८ वर्षीया महिलामा कोरोना पुष्टि भए’को जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै सप्तरीमा कोरोना पोजेटिभको सङ्ख्या ३ सय ७७ पुगेको छ। आइतबार ११ र शनिबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि शनिबार १८ जनामा कोरो’ना पोजेटिभ देखिएको थियो।

खडक नगरपा’ लिकाका २५, २८, ३०, ३३ र ५० वर्षीय पुरुष, सु’रुङ्गा नगरपालि’काका २३, ३६, ३३, २६, २३, ३३, ४५ र ५० वर्षीय पुरुष, बलान विहुल गाउँपालिकाका ३३ र उमेर नखुलेका पुरुष तथा ६ वर्षीया बालिका र १० वर्षीय बालकमा को’रोना पुष्टि भएको छ। – अन्नपुर्ण पोस्ट (फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्