स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार’सम्म नेपालका सा’त जिल्ला कोरोना संक्र’मण मुक्त भएको जानकारी दिएको छ ।
मन्त्राल’यका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएका हुन् । यहाँ भएका सबै संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म ८ जिल्ला संक्र’मणमुक्त रहेको भएपनि पछिल्लो २४ घण्टामा हुम्लामा एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अ’नुसार सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्ष’णमा हुम्लाका एकजनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा’क्टर जागेश्वर गौतमकाअनुसार यी सात जिल्लामा एक पटक सङ्क्रमित भेटिए पनि अहिले सबै जना निको भएर घर फर्कि’एका छन् । यस्तै रौतहट, कैलाली र बाजु’रामा पाँच सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका छन् ।
सोमबार नेपालमा १८६ जना’मा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्राल’यकाअनुसार नेपालमा अब सङ्क्रमि’तको सङ्ख्या १७ हजार आठ सय ४४ पुगेको छ ।
सोमबार कोरोनामुक्त भएर १७३ जना घर फर्किएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या ११ हजार आठ सय ६८ पुगेकाे छ । Khabat- हब
प्रतिकृया दिनुहोस्