विराटनगरको रानी भन्सार कार्यालयका कर्मचा’रीको मिलेमतोमा नेपाल र भारत दुवै देशमा आयात निर्यात’मा प्रतिबन्ध रहेको क्याट फिस (मुंग्री) माछा ल्याउने गरेको पाइएको छ।
मांसाहारी प्रजा’तिको माछा ठूलो परिमाणमा सुनसरी प्रहरीले इनरुवाबाट पक्राउ गरेपछि भन्सार कार्यालयका कर्मचारीहरुको मिले’मतोमा नेपालमा आयत गरिँदै आएको खुलेको हो।
सुनसरी प्रहरीले भारतबाट ल्याइ’एको ७ हजार किलोभन्दा बढी ज्यूँदो मुंग्री मा’छा बरामद गरेपछि अनुसन्धा’न लागि क्वारेन्टाइन पठाउँदा नेपाल र भारत दुवैतर्फ जिउदै ल्याउन प्रतिबन्ध रहेको खुलेको थियो।
ट्रकमा पोखरी जस्तो बना’एर ज्यूँदो मुंग्री माछा ल्याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए। उनका अनुसार नियन्त्रण’मा लिएको माछालाई आइतबार मत्स्य विकास निर्देशनालय विराटनगरकी अधिकृत नेल्सन पोखरे’लले नेपालमा प्रतिबन्धित भनेर पुष्टि गरेकी थिइन् ।
‘मत्स्य बि’शेषज्ञको रुपमा उहाँलाई बोलाइएको थियौं, यो माछा नेपालमा प्रतिबन्धित छ भन्सार कार्यालयबाटै नआउनुपर्ने यो कसरी आयो भन्ने प्रश्न गर्नुभयो हामीले थप अनुसन्धान गर्न राजश्व कार्याल’यलाई पठाएका छौ’, एसपी थापाले भने।
भन्सार कार्यालयमा तौल कम देखाएर माछा आयात भैरहेको र राजश्व छलिरहेको सूच’नाको आधारमा प्रहरीले मा’छा लिएर हिँडेको ट्रकलाई सुनसरीमा पक्राउ गरी क्वारन्टाइनमा पठाएको थियो। क्वारेन्टाइमा पुग्दा मात्रै नेपाल र भारत दुवै स्था’नमा आयात निर्यातमा प्रतिबन्ध लागेको माछा नेपाल ल्याइएको खुलेको थियो।
जिल्ला प्रहरी प्रमुख तथा एसपी थापाले वरा’मद भएको माछाको तौल ७ हजार किलो भएको जानकारी। उनका अनु’सार विलमा मंगुर माछा लेखिएको छ। प्रहरीले नियन्त्रण’मा लिएको मुंग्री माछा यो पहिलो पटक भारतबाट नेपाल भित्रिएको भने होइन ।
यसअघि पनि नेपालको बजारमा ज्यूँदो मुंग्री माछा बिक्री भइरहेको छ। भन्सार कार्याल’यसँगको मिलेमतोमा प्रतिबन्धित ज्यूँदो माछाला’ई फ्रोजन गरेको भनेर छुट दिइरहेको जानकार’हरु बताउँछन् । साथै, खुला सीमाको कारण पनि भारतबाट यो माछा नेपाल भित्रिने गरेको छ।
प्रदेश सरकार मातहतको मत्स्य विकास अधिकृत पोखरलका अनुसार क्याट फिस माछा पालनका लागि नेपालमा अनुमति दिइएको छैन। भा’रतमा पनि यो माछा प्रति’बन्धित रहेको छ। ‘यो माछापा:लन गर्न नेपालमा अनुमति छैन, त्यसैले भुरा माछा पनि ल्याउन पाइदैँन, बिक्री गर्नका लागि पनि ज्यूँदो माछा ल्याउन पाइदैन’, उनले भनिन्।
पोखरेलका अनुसार यो माछा मांसाहा:री जातको हो । यो माछाले स्थानीय प्रजातिका सबै माछालाई खाइदिन्छ, र जैविक विविधतालाई पनि नष्ट गर्छ । ‘यसलाई प्रतिबन्ध लगाउनुको मुख्य कारण यो मांसा:हारी जातको माछा हो, र यसले लोकल प्रजातिलाई खाइदिन्छ,‘ यो माछा बायोडाइभर्सिटीको लागि खतरा हो,’ उनले भनिन्।
रानी भन्सार तथा क्वारेन्टाइनमा नै यो माछालाई रोक लगाउनुपर्ने नेपाल ल्याइएकोबारे प्रहरी अनभिज्ञ रहेको छ। आ’यातित माछाले नेपालको स्थानीय प्रजातिका माछा:हरुलाई पार्ने प्रभावबारे विस्तृत अध्ययन गरेपछि मात्र ल्याउन दिने वा नदिने भन्ने सिफारिस हुन्छ ।
जानकारहरुको अनुसार भारतमा पनि यो माछा पाल्न प्रतिबन्धित छ । बरामद भएको माछा तौल पनि भन्सार कार्याल’यमा कम तिरिएको र माछा भने बीलमा उल्लेख गरिएभन्दा २ हजार किलो बढी भएको प्रहरीले जनाएको छ। – डिसी नेपाल
प्रतिकृया दिनुहोस्