‘अबको तीज नो ब्रत प्लिज’ की गायिका सोफि’या थापालाई गीतका कारण धम्की आएको छ । उनलाई तुरुन्त गीत हटाउन आदेशसहित हिन्दु जागरण नेपाल’बाट राधाकृष्ण उपाध्या:यले धम्की दिएका हुन् ।
उपाध्यायले गीतका कारण कानूनी कारवाही सहितको ध’म्की आफुलाई दिएको गायिका थापाले बताएकी छन् ।
‘यो गीतले हिन्दु धर्मको आस्था:प्रति बिचलन ल्याउँछ । त्यो तुरुन्तै हटाउनुस् । नत्र कानुकी कारवाहीमा जान्छौ’ धम्की सुनाउँदै गायिका सोफियाले भनिन् ‘मलाई मात्र होइन युट्युव च्यानल हाइलाइट नेपाललाई पनि यस्तै धम्की दिइएको छ ।’
हिन्दू नारीहरुको महान चाड तीजमा भोकै ब्रत बस्ने, श्रीमान्को खुट्टाको पानी खाने लगाय’तको परम्पराको विरोध गर्दै गायिकाले सोफियाले गीतमार्फत यो परम्परा हटाउन भनेकी छन् । वर्षाै’देखि चल्दै आएको परम्परा विरोधी गीत बना’इएको भन्दै हिन्दु जागरण नेपालले गीत हटाउन प्रेसर दिएको हो ।
धार्मिक परम्प’रामा रुढीवादी प्रचलन छन् । त्यस’लाई संशोधन र परिस्कृत गरेर अगाडि जा’नुपर्छ भन्दै आफुले उक्त गीत बनाएको बताएकी सोफियाले पानी समेत न’खाई बस्ने ब्रतले श्रीमान्को आयु लामो नहुने तर्क गीतमा राखेकी छन् ।
‘खुट्टाको पानी खाएर हामी स’मानताको नारालाई सार्थक तुल्याउन सक्दैनौ’ उनले अगाडि थपिन्, ‘यस्ता प्रचलन संशोधन गर्नुपर्छ ।’
ती’जको ब्रत आफु पनि बस्ने गरेको बताएकी सोफियाले आफु’ले गीतमा बिकृति विसंगतिको विरोध गरेर गलत नगरेको भन्दै धम्की आउदैंमा गीत नहट्ने जानकारी दिइन् ।
सोफियाको गीत ‘अबको ‘तीज नो ब्रत प्लिज’ मा तीजको ब्रतको नाममा भोकै बस्ने, श्रीमान्को खु’ट्टाको पानी खानेल’गायतका चलनको विरोध गरिएको छ ।
शब्द, संगीत र स्वर समेत उनकै रहेको गीतको भिडि’यो पनि बनेको छ । भिडियोमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियं:का थापा, शारदा थापा, रजनी केसी लगा’यतको अभिनय देख्न सकिन्छ ।
मनिष पन्थको निर्देशन रहेको भिडि’योमा मनि’षकै छायाँकन, सम्पादन छ भने कोरियोग्राफी लोकेन्द्र शाहले गरेका छन् । – सञ्चार केन्द्र
भिडियो हेर्नुहोस …
प्रतिकृया दिनुहोस्