Thursday, March 23

बाढी पीडितसँग पुगे रवि लामिछाने , हेर्नुहोस् सार्वजनिक भएका ७ तस्बिर

July 21, 2020 3325

चर्चित पत्रकार रबि लामिछाने यतिबेला प्रदेश नं २ मा पुगेर आफ्नो कार्यक्रम  गरिरहेका छन् ।

बाढी पीडितसँग

कोरोना महा’मारीका बिचमा दर्शकहरु टिभी सम्म पुग्ने अवस्था नभएको हुनाले सीधाकुरा कार्यक्रमको टीम नै यतिबेला प्रदेश प्रदेशमा पुगेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सीधाकुरा जनतासंग कार्यक्रमको टीम

गत आईतबार देखि सीधाकुरा कार्यक्रम प्रदेश नम्बर १ को झापाबाट सञ्चालन गरिएको थियो भने यतिबेला कार्यक्रम प्रदेश २ वाट सञ्चालन  भइरहेको छ ।

कोरोना सँगसँगै यतिबेला बाढी र पहिरोको जोखिम उत्तिकै भएपनि सिधा कुराको टीम नै उक्त जो’खिम को बेवास्ता गर्दै फिल्ड मा खटिएको छ । अलिकति भएपनि जनताहरूको पी’डामा मलहम लगाउने कोसिस गरेको सीधाकुरा को टीम बताउँछ ।

बाढी पीडित संग

प्रदेश प्रदेशमा पुगेर सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन हुने भएपछि सम्पूर्ण दर्शकहरुले उक्त कामको खुलेर प्रशंसा गरिरहेका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रबि लामिछाने लगायत उनको टिमका अन्य सदस्यहरूको तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गर्दै उक्त कार्यको खोलेर प्रसंसा भएको हो ।

रिपोर्टिङ गर्दै

सिधा कुरा जनतासँग कार्यक्रम  केहि हप्ताको लागि स्टुडियो बाहिरबाट नै प्रसारण हुने बताइएको छ ।

यसैक्रममा उक्त कार्यक्रमका प्रोड्युसर दीपक बोहोरा लगायत अन्य टिमका सदस्यहरूले  केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

प्रतिकृया दिनुहोस्