Tuesday, March 21

खुशीको खबर : कतारमा कोरोनाका कारण रोजगारी गुमाएकालाई पुनः रोजगारीको अवसर

July 21, 2020 1611

कतारमा कोरोना’भाइरसको महामारीका कारण बेरोजगार भएका वा महामारीका कारण रोज’गारी सम्झौता रद्द गरिएका आप्र’वासी कामदारहरुका लागि पुनः रोजगारीको अवसर खुल्ला भएको छ ।

कतारको प्रशास’कीय विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतार उद्योग बाणिज्य महासंघसँगको सहका’र्यमा पुनः रोजगारीको लागि विकल्प खुला गरेको हो ।

मन्त्रालयले पुनः रोजगा’रीका लागि कतार उद्योग बाणिज्य महासंघको वेबसा’इटमा एउटा अनलाइन प्लेटफर्म सुरु गरे’को छ जहाँ रोजगारी गुमाएका आप्रवासी कामदारहरुले आफ्नो विवरण भर्न सक्नेछन् ।

यहाँ भरिएका विवरणका आधारमा कतार’का कम्पनीहरुले आफूलाई चाहिएको दक्षता भएका कामदार’हरुलाई पुन सम्झौता गरेर काममा राख्न सक्नेछन् ।

यी विवरण’का आधारमा कतारका जुनसुकै कम्प’नीले जुनसुकै कामदारलाई पनि आफ्नो आवश्यक’ताका आधारमा अनुबन्ध गर्न सक्नेछन् ।

यसो हुँदा रोजगारी गुमाए’का कामदारले पहिले काम ग’रिरहेको कम्पनीमा काम नभएको अवस्थामा उनीहरुलाई अर्को कम्पनीले लिन सक्नेछ । कामदार”हरुले आफ्नो विवरण भर्दा आ’फ्नो कतार आइडी, पासपोर्ट, सीभी र आफैंले हस्ताक्षर गरेको काम गर्ने चाहना अभिव्यक्त गरिएको पत्र संलग्न गर्नुपर्नेछ ।

महामारीअघि कता’रमा करिब साढे ३ लाख काम’दार कार्यरत रहेको अनुमानित तथ्यांक भएकोमा कति बेरोजगार भए भन्ने यकिन तथ्यांक आइसकेको छैन ।

केही नेपा’ली भने नेपाल फर्किसकेका छन् र केहीले फर्किने इच्छा देखाएका छन् । यद्यपि पुनः रोजगा’रीको यो अवसरपछि भने फर्किन चाहेकाहरू नफर्किने सम्भावना पनि छ ।

कतारमा पुनः रोजगारीको लागि नाम दर्ता गरा’उन चाहनेले तलको लिंकमा क्लिक गरी त्यसपछि खुल्ने फाराम भरेर आवश्यत कागजात समेत अपलोड गर्नुपर्नेछ । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्