Tuesday, December 5

कोरोनाका कारण अन्तिम सास लिँदै गरेकी आमालाई छोराले आइसीयूको झ्यालमा चढेर विदाइ गरे

July 21, 2020 1521

कोरोनाभाइरसका का’रण एक छोरा आफ्नी आमासँग बिछोडिएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घट’ना प्यालेस्टाइनको हो ।

एक महिला कोरोनाभाइरसबाट संक्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । संक्रमण फैलन सक्ने खतराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यस’पछि ती छोरा हरेक दिन आइसीयूको झ्या’लमा चढेर आमालाई हेर्ने गर्थे ।

जबसम्म महिला जीवित रहिन् त्यतिबेलासम्म यो सिलसिला चलिरह्यो । आमा अस्पतालको बेडमा हुन्थिन् र छोरा घण्टौं झ्यालमा बसेर आमालाई नियालिरहेकी हुन्थे । अस्पतालको आइसीयूको झ्यालमा बसेर आमालाई नियालिरहेका छोराको तस्वीर सामाजिक संजालमा भा’इरल भइरहेको छ ।

स्थानीय समाचार वेबसा’इट अल नाका अनुसार बेइट आभा शहरका प्यालेस्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अस्पतालको आइसीयूको झ्यालमा चढेर आफ्नी आमालाई अन्तिम विदा’इ गरे ।

उपचारको क्रममा महि’लाको अस्पतालमा मृ’त्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार नि’धन भएको थियो ।

आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्या’लमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरे’का थिए ।

प्रतिकृया दिनुहोस्