प्रहरीलाई नै छक्क पार्ने एउटा घटना काठमाडौंमा खुला’सा भएको छ । एक युवकले साइक’ल चोरेरै भक्तपुरमा तीन तला’को घर बनाए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ ।
सुरुमा प्रहरीलाई पनि यो वास्त’विकता विश्वास गर्न कठिन भएको थियो । प्रहरीले ६ महिना देखि काठमाडौं र आसपासका साइकल चोरी गर्ने ब्यक्तिको खोजी’मा लागेको थियो । तर लक’डाउन पछि साइकल हराउने क्रम झन बढ्यो । प्रहरीलाई थप चुनौती बढ्यो ।
तर जव एउटा सिसीटि’भी फुटेजमा देखिएको भिडि’योको सहारामा प्रहरी ति साइकल चोरी गर्ने ब्यक्ति समक्ष पुग्यो पत्या’उनै नसक्ने वास्तविकता खुलेको छ ।
ति युवाले साइ’कल चोरेर तिन तले घर समेत बनाइ’सकेका छन् । अहिले उनको घरको तेस्रो तला’को काम धमाधम भइरहेको छ । ति युवा हुन् सर्लाही घर भएका रमेश माझी उर्फ सुरेश ।
अहिले उनले चोरे’का महंगा साइकल महा`नगरीय प्रहरी वृत नयाँ बानश्वर वृत्तमा लहरै राखिएका छन् । उनी हिरासतमा छन् । उनले काठमाडौंमा सडक र पार्किगं स्थलमा राखिएका महंगा सा’इकल चोरी गर्ने गरेका छन् । उनको यो सिल’सिला निकै लामो समय देखि चलिरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीको’ हरिवन नगरपालिका–५ घर भएका सुरेशको चो री गर्ने तरिका पनि अचम्मको छ । उनी विहानै घरवाट निस्कदा दुईव’टा पेचकस लिएर निस्कन्छन् ।
साइकल भए’को ठाउँमा जान्छन् उनलाई ति साइकल’को लक खोल्न २ मिनेट पनि लाग्दैन । महंगो साइकलको लक खोल्छन् अनि त्यही साइकल चढेर आरामले हिड्छन् । उनले त्यसरी चो’री गरेको साइकल बेच्ने ठाउँ पनि पत्ता लगाएका छन् ।
अहिले उनी भक्तपुरमा बस्छन् । उनको’ घरच्याम्हासिंहमा छ । उनले कम्तीमा ७० हजार देखि २ लाख मुल्य पर्ने साइकल चोरेर भक्तपुर नगरपालिका–९ मा लक्ष्मी सुन्दर वासुले सञ्चालन गरेको ‘सुन्दर मोटरसाइकल वर्कशप’ मा बेच्ने गरे’का छन् । सो वर्कसपमा पनि २४ वटा साइकलका लक प्रहरीले फेला पारेको छ ।
पक्रा’उ परेपछि आफ्नो घर देखाउन आना’कानी गरेका सुरेशले अन्त्यमा प्रहरीलाई आफ्नो घर देखाए । उनको घर देखेर प्रहरी छक्क परे । ४४ वर्षका सुरेशको च्याम्हासिं’हमा रहेको घरमा अहिले तेस्रो तलाको काम भइरहेको ।
प्रहरी अनुसन्धानमा सुरेश’ले साइकल चोरी गरेरै तीन तला घर बनाएको खुलेको छ । उनको त्यती ठूलो घर बना’उने अन्य कुनै आम्दानी नदेखिएको प्रहरीले जनाएको छ । ई ताजा खबर बाट
प्रतिकृया दिनुहोस्