Wednesday, January 20

ब्रत बसेकी महिला’को मन्दिरमा पूजा गर्दागर्दै मु’त्यु

July 21, 2020 1928

ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मु’त्यु भएको छ । सोमबार दिउँसो जिल्लाको बराह’ताल गाउँपालिका-८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दा’गर्दै उनको मृ त्यु भएको हो ।

उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृत’क ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी हुन् । दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा मृ त्यु भएको वडाध्यक्ष मणि’राज कार्कीले बताए ।

उनका अनुसार मृत’क लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन् । तर मृत’क लक्ष्मी भने दिर्ग रोगीको बिरा’मी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएको उनले बताए ।

स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनि’षा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहोस भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृ त्यु भएको हो ।

उक्त मन्दिरमा हप्ता’मा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ । मृतक लक्ष्मीको शव अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइए’को वडाध्यक्ष कार्कीले बताए । घट’नाबारे स्थानीयले प्रहरीलाई समेत जानकारी गराएका छन् ।

यसैबीच लकडाउन खुकुलो भएसँगै सुर्खेत’को देउतीबज्यै मन्दिरमा पनि दिनप्रतिदिन दर्शनार्थी’को भीड बढ्दै गएको छ । तर उनीहरुले कोरोना महामारीलाई केन्द्रित गरी सामाजिक दूरीको पाल’ना भने गरेका छैनन् ।

मन्दिर दर्शन गर्नेहरु’को धुइँचो लाग्न थालेपछि लाइनमा बसेर दर्शनार्थीले पालो क्रमअनु’सार पूजा गर्ने गरेका छन् । लकडा’उन खुकुलो भएपनि मन्दिरजस्ता निकै भीडभाड हुने ठाउँमा सुरक्षा उपाय अपनाउनु पर्ने हो । तर यस विषय’मा कसैले ध्यान दिएका छैनन् । अन्नपूर्ण पोष्टमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्