Thursday, October 21

नेपालले अयोध्याको खोजी थाले’सँगै श्रीलंकाले थाल्यो रावणको अध्ययन, भारतमा भयो तरंग

July 21, 2020 741

प्रधान’मन्त्री केपी ओलीले भगवान राम’को जन्मस्थल ‘वास्तविक अयोध्या’ नेपालमै रहेको दावीसँगै पुरातत्व विभागले पर्साको ठोरीमा अध्ययन सुरु गरेको छ ।

नेपालले भगवान राम र अयोध्या’को विषयमा अध्ययन सुरु गरेसँगै तरंगित भएको भार’तमा श्रीलंकाले अर्को तरंग ल्याइदिएको छ । यही समय श्रीलंकाले पनि रावणका विषय’मा अध्ययन थालेको छ ।

श्रीलंकाले रावणलाई हवाइज’हाज उडाउने प’हिलो व्यक्ति (सम्भवतः पहिलो पाइलट) प्रमाणित गर्नको लागि प्रमाण जुटाउन थालेको छ ।

श्रीलंकाको नागरि’क उड्डयन प्राधि’करणले सूचना प्रकाशित गरेर देशका नागरिकहरुसँग राजा रावण र उनले प्रयोग गर्ने हवाइ मार्गको बारेमा आफूसँग भएका दस्तावेज, ग्रन्थ वा अन्य जान’कारी उपलब्ध गराउन भनेको छ ।

प्राधिकरणले रावणका विषयमा धेरै कथा’हरु प्रचलित रहे पनि यिनीहरुको प्रमाणिकता पुष्टि गर्न चाहेको बताएको छ । रावणलाई हिन्दू धर्ममा खलना’यकका रुपमा वर्णत गरिए’को भए पनि श्रीलंका’को सिंघल बौद्ध समुदायले भने रावणलाई आस्थाको दृष्टिले हेर्छन् ।

श्रीलंकामा राव’णलाई देशका एक विद्वान र बहादुर रा’जाको रुपमा हेरिन्छ । सिंहल बौद्धको एक समूहले आफूलाई रावणकै सन्तति मान्छन् । श्रीलंकाले आफ्नो पहिलो भू उपग्रह’को नाम पनि रावण–१ राखेको थियो । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्