July 22, 2020 1902
नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिए’का जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’को चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो ।
नोटमा साबिकको हात्तीको तस्बी’रभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।
बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभा’गमा चितवनको हात्ती’सारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’
यही साउन ७ गतेदेखि चलन&चल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्व’गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।
प्रतिकृया दिनुहोस्