नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भा’इरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको छ ।
महोत्तरीको महोत्त’री गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार राति नि’धन भएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा संजीवकुमार शर्माले जानकारी दिए ।
प्रतिष्ठान भर्ना भएका मृत’कको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. शर्माले जानकारी दिएका छन् । मृत”कको श’व हाल प्रतिष्ठानमै राखिएको छ ।
मृत’कको श’व दाहसंस्कारका लागि महोत्तरी पठाउन व्यबस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिएका छन् । यसअघि प्रतिष्ठानमा सप्त’रीका ७३ वर्षीय रामकृष्ण दासको नि’धन भएको थियो ।
प्रतिष्ठान’मा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रबक्ता डा. निधे’ष सापकोटाले जानकारी दिएका छन् । उनले प्रतिष्ठानमा उपचा’रका लागि भर्ना भएका २६७ जनाले कोरोना जितेर डिस्चार्ज भईसकेको जानकारी दिए । – न्युज २४ नेपाल (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्