कोरोना भा’इरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेकाे लकडा’उन आजबाट अन्त्य भएको छ ।
साउन ५ गते प्रधानमन्त्री निवास बालुवा’टारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोक’थाम तथा नियन्त्रणका लागि सरका’रले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।
सुरूमा ८ दिनका ला’गि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसयता भने स’रकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै आएको थियो ।
मंगलबार सरका’रका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार रातिदेखि लकडाउन अन्त्यको जा’नकारी दिनुभयाे ।
मन्त्रिपरिषद बैठक’को निर्णय सुनाउनु हुँदै प्रवक्ता डा. युवराज खतिवडाले भन्नुभयो, ‘लक-डाउनले मनोवैज्ञा’निक त्रास पनि दियो र धेरै कुराको बहानाबाजी पनि गर्ने ठाउँ दियो । यो भन्दैमा स्वास्थ्य सुरक्षा पनि कायम राख्नुपर्छ । आज राति १२ बजेबाट लक-डाउन’को विधिवत अन्त्य भएको छ ।’
लकडाउन हटेपनि कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन सरका’रले बताएको छ ।
के-के गर्न पाइन्छ ?
यातायातमा जोरबि’जोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरका’रले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजे’सम्म खुल्नेछन्।
यसैगरी जनस्वा&स्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा’लयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ ।
सामूहिक भोज, पार्टी, सेमि’नार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारो’हणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।
भदौ १ ग’तेदेखि लामो, मध्यम तथा छोटो दुरीका स:वारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपना’एर सञ्चालन गर्ने पाइने छ । तर शैक्षिक संस्था खुल्ने छैनन् ।
अन्तर्राष्ट्रिय सीमा भने ३२ साउ’नसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ । यसअघि अन्त&र्राष्ट्रिय नाकाबाट ६ साउनको मध्यरा’तसम्म प्रवेशमा रोक लगाइएको थियो ।
के-के पाइँदैन ?
कोभिड–१९ को जो’खिम अझै बाँकी रहेकाले सर’कारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चाल’न गर्न नपाउने निर्णय गरेको छ ।
शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारल’गायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, समूह’मा खेलिने खेल, धार्मिक स्थलहरु, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।
सरकारले सबै प्रका&रका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा से’निटाइजर प्रयोग गर्ने’लगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चा’लन गर्न पनि सुझाव दिएको छ । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्