Sunday, September 24

सुन अहिले सम्मकै महँगो, कति पुग्यो तोलाको ? हेर्नुहोस्

July 22, 2020 2638

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यता, महिला’हरुको चाड तीज नजि’किरहँदा सु’नको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी म’हासंघले जनाएको छ ।

आज (बुधबार) सुन चाँदीको मूल्यले ईति’हास रचेको छ । मंगलबार ९२ हजार ७०० रुपैयाँ’मा कारोबार भएको छापा’वाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा १३ सय रुपै’याँले नै बढेर ९३ हजार ५६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोला’मा ९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ३५ रुपैयाँमा कारोबार भैर’हेको छ।

नेपाल सुनचाँदी व्यव’सायी महासं’घले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदी’को मूल्य ९७३ रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्