नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा को’रोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रि’य संक्रमितहरु रहेका छन् ।
कहाँ कति थपिए ?
डा गौतमका अनु’सार नयाँ थपिएका संक्रमित मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ४ जना, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका ३ जनामा पुष्टी भएको छ,
प्रादेशि’क जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा झापाका एकजना, ताप्लेजुङका ३ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सप्तरीका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जना संक्रमित भएका छन् ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजनासंक्रमित भएका छन्।
यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा’ सर्लाहीका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशा’ला पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना,स्याङ्जाका ३ जना र बाग्लुङका ३ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परी’क्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना संक्रमित भएका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ६ जना, दैले’ख प्रयोगशालामा गरिए’को परीक्षणमा दैलेखका १६ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डोटीका ७ जना संक्रमित भएका छन् ।
२४ घण्टामा थप २०७ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ ।
उनीहरू देश’का विभिन्न स्थानका अस्पतालबाट संक्रम’णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। – खबर हब
प्रतिकृया दिनुहोस्