विहीबार देवताका गुरु बृ’हस्पति तथा भग’वान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
पहेलो रंगको कपडा ल’गाउने र पहेलै वस्तु’को दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।
कसरी पूजा गर्ने ? पूजा विधि
बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादला’ई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यस’बाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।
यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ॐ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।
विहीबारको व्रत लिँदा केराको रुखलाई पू’जा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदि’को दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ ।
पौराणिक कथा
पौराणिक कथाअनुसार एक’जना प्रतापी र दानी राजा थिए । उनको दरबारमा अ’साध्यै धेरै सम्पत्ति थियो । उनी प्रत्येक विहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे ।
तर रानी भने त्यस्तो के’ही कर्म गर्दिन थिइन् । राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन् । दरबा’रमा थुप्रिएको सम्पत्तिका कारण आफूले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन् ।
एक दिन गुरु वृहस्पति उन’को दरबारमा साधुको रुप धारण गरी पुगे । त्यसबेला रा’जा शिकार खेल्न जंगल गएका थिए । रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समा’प्त पारिदिन आग्रह गरिन् ।
साधुरुप धारण गरेका गुरु वृहस्पति’ले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने क’र्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन् । रानीले विहीबारको दिन त्यसै गर्छिन् ।
दरबारको सम्पूर्ण वैभव स’माप्त हुन्छ । दुःख पाएपछि राजा कामका लागि परदे’श लाग्छन् । दरबारमा भएका रानीह’रुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ । यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन् ।
बहिनीले उनीह’रुलाई धन प्राप्तिका लागि विहीबारको व्रत बस्न सुझाउँछिन् । त्यसपछि रानी र उनका दासीहरु विही’बारको दिन व्रत बस्न थाल्छन् । व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ ।
दरबारमा सुख मिल्न थाल्छ । परदेश ग’एका राजा पनि फिर्ता आउँछन् ।
अतः विही’बारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास रहँदै आएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्