Sunday, September 24

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ? हेर्नुहोस्…

July 23, 2020 2779

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गइरहेको छ । अहिले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ ।

अघिल्ला वर्षहरुमा साउन महिनामा सु’नको मूल्य केही घट्ने गरेको थियो । त्यही आशा बोकेर सुन किन्न र गहना बनाउन पैँसा जम्मा गरेकाहरु यति बेला अलम’लमा परेका छन् ।

महिलाहरुको महान चाड हरितालिका तीजका अवसर’मा गरगहना किन्नेहरुको ठूलै भी’ड हुने गर्छ । तर, अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि सुन किन्ने तयारीमा रहेका महि’लाहरु यति बेला ‘पर्ख र हेर’को अवस्थामा छन् ।

यता, महिला’हरुको चाड तीज नजि’किरहँदा सु’नको कारोबार’मा पनि प्रभाव परेको छ । सुन’को मूल्यमा भएको वृद्धिले व्यव’सायमा पनि प्रभाव पारेको नेपाल सुनचाँदी म’हासंघले जनाएको छ ।

बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्यमा प्रति तोला ५ सयले बढेको छ ।

योसँगै नेपालमा सुन’को मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९४ हजार ५ सय रूपैयाँ पुगेको छ । यसअघि बुधबार सुन प्रति तोला ९४ हजारमा कारोबार भ’एको थियो । त्यस्तै बुध’बार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ६५ पुगेको छ ।

चाँदीको मुल्यमा पनि वृद्धि भए’को छ । बुधबार ११३५ प्रतितोला कारोबार भएको चाँदी बिहीबार प्रति तोला १० रुपैयाँले बढेर ११४५ मा कारोबार भइरहेको महासंघले जनाए’को छ ।

प्रतिकृया दिनुहोस्