Saturday, December 4

दुःखद खबर : नेपालमा कोरोनाले थप एकजनाको ज्यान गयो

July 23, 2020 984

नारायणी अस्पतालमा मृ’त्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृ’त्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीर’गञ्जका ७० वर्षका पुरुष हुन् ।

डा. सिंहका अनुसार ती पुरुष श्वासप्रश्वा’सको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्प’तालले ६ गते नारायणी अस्पतालको व्यवस्थापन’मा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

ती पुरुषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो । अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संक’लन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनु’सार अस्पतालमै राखेको थियो ।

ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए । ‘हाम्रो अस्पतालमा मृ’त्यु भएका एकजना पुरुषमा कोरोना पोजेटिभ आएको छ, साउन ६ गते मृ’त्यु भएको थियो, ७ गते रिपोर्ट पोजेटिभ आयो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको श’व अस्पतालमै राखिएको थियो । कोरोना पोजे’टिभ आएपछि अहिले आर्मीले श’व व्यवस्थापन गर्दैछ ।’

२ चिकित्सकसहित १६ जनामा संक्रमित, ४ को अवस्था गम्भिरडा सिंहका अनुसार मृत’क पुरुषसँगै अन्य १६ जना व्यक्तिको पनि को’रोना परीक्षणको रिपोर्ट पोजे’टिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १६ जना नै वीरगञ्जका हुन् । उनीहरू मध्ये २ जना चिकित्स:क भएको डा सिंहले बताए । उनका अनुसार नयाँ थपिएका १६ जना संक्रमितमध्ये ४ जनाको अवस्था गम्भि:र छ ।

‘मृतक सहित १७ जनामा को’रोना पुष्टि भएको हो, १६ जना मध्ये उहाँहरू मध्ये २ जना चिकित्सक हुनुहुन्छ, ४ जनाको अवस्था ग’म्भिर छ,’ डा सिंहले भने, उहाँहरूलाई आइसी’यूमा राखेर उपचार गर्नुपर्छ ।’

२९ मध्ये २३ जनामा कोरोनाको लक्षण

डा सिंहका अनुसार अस्पता’लमा नयाँ थपिएका १६ जना बाहेक पनि २९ जना सं’क्रमितहरू उपचारत छन् । ती मध्ये २३ जना संक्रमितमा कोरोनाको लक्षणहरू देखिएको छ । अस्प’तालमा भएका २९ जना संक्रमित मध्ये २ जना आइसी’यूमा उपचारत छन् ।

डा सिंहका अनुसार असार मसान्तस’म्ममा अस्पतालमा सामान्य बिरामीहरू मात्र देखिएपछि सा’उनदेखि लक्षण भएका कोरोना संक्र’मितहरू आउन थालेका छन् ।

५० शय्याको नारायणी अस्पता’लमा १० वटा आइसीयू वेड छन् । वीरगञ्जमा लक्षण देखिएका तथा स्वास्थ्य अवस्था गम्भिर भएका बिरामीहरू आउन थाले’काले संक्रमित थपि’दै गएमा व्यवस्थापनमा चुनौती रहेको डा सिंहले बताए ।

‘साउन महिनादेखि वीरग’ञ्जमा लक्षण देखिएका र स्वास्थ्य अवस्था गम्भिर भएका संक्रमितहरू भेटिन थालेका छन्,’ डा सिंहले भने, ‘हिजो थपिएका संक्रमितहरू’लाई त राख्ने ठाउँ छ तर अब संक्रमित थपिएभने कहाँ राख्ने भनेर ठूलो चुनौती छ ।’ – खबर हब

प्रतिकृया दिनुहोस्