सर्वोच्च अदालतले सर्वश्वसहित जन्म कैदको फैस’ला सुनाइएका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले पत्नी ह’त्या गरी शवसमेत नष्ट गरेको अभि’योगमा दोसी ठहरीएका कोइरालालाको बाँकी कैद मिनाह गरेको हो ।
डिल्लीबजार कारागारमा कैद भुक्तानी गरिरहेका उनी आज बिहान ११ बजेर ५० मिनेट जाँदा कारागार गेटबाट निस्कीएका छन् ।
कोइरालाको कैद मिनाह गर्ने केहीदिन अघि सर्वोच्चले निर्णय गरेको थियो । कोईरालाले २०६८ साल माघमा घरयासी विवा’दका कारण श्रीमतिकाे ह’त्या गरेका थिए ।
त्यसपछि शवलाई गाडीमा हालेर मकवानपुरको टिस्टुङस्थित मत्राङमा लगि जलाएर फर्किदै गर्दा पक्राउ परेका थिए । उनले सरकारी गाडी मै काठका दाउरा, डिजेल र सलाई लगेर जलाएका थिए ।
उनले श’व जलाएको ठाउँमा प्रहरीले अनुगमन गर्दा श’व पूर्ण रुपमा जलेको थिएन । र उनकी श्रीमतिले लगाउने गरेको चुरा फेला परेको थियो । जुन उनको आफन्तले सिंगापुरबाट ल्याइदिइएका थिए ।
त्यसपछि उनलाइ सर्वोच्चले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो । तर उनलाई आधाभन्दा कम स’जाय दिएर जेलमुक्त गरिएको छ । उनी तत्कालीन सशस्त्रका पूर्वडीआईजी हुन् ।
उनकाे फैसलामा भनिएकाे छ – ‘आमाको मृ’त्युपछि नाबालक छोराहरूको हेरचाह, संरक्षण र शिक्षादीक्षामा अभिभावकविहीनताको कारणले अनिश्चय र अन्योलता हुन गएकाले उनीहरूको हितमा समेत प्रभाव पर्न जाने कारण जन्मकैदको सजाय चर्को पर्न जाने हुँदा आठ वर्ष ६ महिना कैद सजाय गर्दा सजायको उद्देश्य पूरा हुने देखिएको ठहर्छ ।’ – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्