रवि लामिछाने सहित सीधाकुरा जनतासँग कार्यक्रमको टीम यती बागमती प्रदेशमा छ ।

न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगको टिम प्रदेश प्रदेशमा कार्यक्रम गरिरहेको छ । जनताको गुनासो समस्या, पीरमर्कालाई सुनेर ती समस्याको सम्बोधनका लागि मुलुकका सात प्रदेश पुग्ने लक्ष्यका साथ सिधाकुराको टिम लागिरहेको छ ।
यस क्रममा जनताको गुनासो सुनेर उनीहरूलाई साथ दिने संकल्पका साथ न्यूज २४ टोलीले आगामी आइतबार प्रदेश नम्बर १ बाट आफ्नो घरदैलो अभियान यात्रा शुभारम्भ गरेको टिमले झापाबाट कार्यक्रम प्रत्यक्ष प्रशारण सुरू गरेको थियो ।
उनका अनुसार करिब एक सातासम्म प्रत्येक प्रदेश का विभिन्न स्थानमा पुगेर रिपोटिङ गरिनेछ । साथै कार्यक्रम उत्पादन र प्रशारण समेत यहीँबाट गरिनेछ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रत्यक्ष भेटेर आफ्ना कुराहरु राख्ने अवसर मिलेकाले इच्छुक दर्शकले सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

कोरोना भाइरसको महामारीको कारण सर्वसाधरण आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश छन् । यस्तो अवस्थालाई चिर्दै न्यूज २४ को टोली जनताको घरदैलोमा पुगेर उनीहरुको गुनासो, समस्या उजागर गर्न आफूहरु देशदौडाहमा निष्किएको सिधाकुरा जनतासँगका कार्यक्रम निर्माता दिपक बोहोराले बताए ।

प्रतिकृया दिनुहोस्