निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन के’सीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध क्षति’पूर्तिको माग गर्दै मुद्दा दायर गरेका छन् ।
अभिनेता एवं निर्देशक केसीले शुक्रबार १० करो’ड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री शाह’विरुद्ध काठमाडौं जिल्ला अदाल’तमा मुद्दा दायर गरेका हुन् ।
अभिनेता केसीको निवेदनमा आफूलाई अभि’नेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् । जानकारी अनुसार विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहा’रको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिने’ता केसीले मु’द्दा दर्ता गरेका हुन् ।
विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दुव्र्यवहा’रको शिकार हुनुपरेको बताए’की थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभि’नेत्री शाहले बताए’की थिइन् ।
यसका साथै, अभिनेत्री शाहले आफू’माथि भएका दूव्र्यवहारका घटना बाहिर नल्याउ’न पटक–पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर सकिदिने डरस’मेत देखाइ’एको बताएकी थिइन् । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्