मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अध्याप’नमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो’ सल्लाह तथा सुझाव ‘पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको कामदेखि सबै खुसी हुनेछन् । प्राकृतिक प्रकोप तथा बिपत्तिदे’खि सावधान हुनुहोला समय मध्ययम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रणय सम्ब’न्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणा’ममुखी कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्री’मा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिठो बोल्दा पनि बिपक्षीहरुले गलत अर्थ लगाई तपाईँको’ साख गिराउन खोज्नेछन् । प्रलोभनमा पारेर आफ्नै हरुले रुपैयाँ पैसा लान सक्छन् ध्यान दिनुहोला । व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि आम्दानी थोरै हुनेछ । प्रणय सम्बन्धमा चिसोपनको विकास हुन सक्छ ध्यान दिनु’होला । कुटुम्ब तथा आफन्तसँग कुनै पनि काम गर्दा ध्यान दिनुहोला पछि आर्थिक कुरामा राय बाजिने तथा मनमुटाब सिर्जन हुँन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वन्द व्यापारबाट न्यून लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्सा’ह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमे’की तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनैपनि आ’र्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाईँ आ’फ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दा’नी हुनेछ । बुवाको धन परिचालन गरि लाभ ‘लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विका’स हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धी मुलक का’महरु बन्ने तथा सामा’जिक क्षेत्रमा नाम कमाउन सकिनेछ । सत्रु परास्त हुनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउँनेछ । व्यापार व्यवसायमा न्यून नाफा कमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। खराब आच’रण भएका व्याक्तिहरुले फ’साउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभा’गि भई काम गर्ने अवसर जुर्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारि साधन प्रयोग गर्दा ध्या’न दिनुहोला गन्तब्यमा पुग्नु अगावै विभिन्न ‘समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनि’की प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर गुम्न सक्छ । सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समय’मा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरु’को मन आफूतिर लोभ्या’उन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेम’मा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग’ प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ । वादविवाद तथा मुद्दा मामि’लामा प्रतिस्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाइको नाम रहेनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाइएको आलो’चना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो मह’शुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्निबीच मनमु’टाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।
प्रतिकृया दिनुहोस्