Friday, September 22

भोलि नाग पञ्चमी, यसरी गर्नुहोस् नागको पूजा (विधि सहित)

July 24, 2020 2931

हिन्दू धर्म, परम्पराअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि नागको पूजा अ’र्चना गरी नाग पूजा मनाइदैछ ।

घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख ना,गको आजकै दिन पूजा आराधना गरिन्छ ।

यसरी नागको तस्बिर टँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ । नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ ।

भगवान् शिवले नागको माला लगाउने र भगवा’न् विष्णु जलमाथि शेष नागको शैंयामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

सोमबार काठमाडौंको नाग पोखरी र टौ दह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका ना’ग दह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसा’द चढाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस्