Friday, July 23

भदौ १ गते देखि हुने आन्तरिक उडानको भाडा दर यस्तो छ, हेर्नुहोस् संपूर्ण विवरण

July 25, 2020 1181

कोभिड–१९ सङ्क्रम नियन्त्र’णका लागि लागू गरि’एको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो ।

सरकारले गत चैत ११ ग’तेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा गऱ्यो । उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिक’बाहेकका चार्टर्ड र कार्गो उडान भए ।

सरकार’ले आगामी भदौ १ गतेदेखि आन्तरिक’ तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहे’का छन् ।

कोभिडपछिको सुरक्षित हवाई’यात्राका लागि सुरक्षा प्रोटोक’ल पालना गर्दै ती एयरलाइन्सले आ’वश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिमरहित यात्राका लागि अभ्यास उडान’समेत गरिसकेका छन् ।

देशकै अग्रणी वायुसेवा प्र’दायक कम्पनी बुद्धएयर’ले दुई महिनादेखि सुरक्षित उडान”को आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्सलगा’यत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

सुरक्षित उडा’नको तयारीसँगै ठूला एयरला”इन्सले धमाधम बुकिङ खुलाएका छन् । नियामक ने”पाल नागरिक उड्डयन प्राधिकरणले पनि कुन एयरलाइन्सले कति उडान तथा कुन–कुन गन्तव्य”मा उडान गर्ने भन्नेर छिट्टै औपचारिक निर्णय गर्दैछ ।

दैनिक ७० उडान

कोभिडको जोखि’मलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमा’नस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रि’यतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उ’डान हुने विमानस्थले जनाएको छ ।

बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चा’र्टर्ड उडान भएको थियो । आन्तरि’कतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहा’री उडान हुने जनाइएको छ ।

कुन एयरलाइन्सका कति उडान ?

कोभिड सङ्क्रम’णको जोखिम कायमै भए’काले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसा’र दैनिक औसत १५ सम्म अन्त’र्राष्ट्रिय र बढीमा ५० आन्त’रिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ ।

प्राधिक’रण र वायुसेवा सञ्चालक’को छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ । प्राधिकरणका प्रव’क्ता राजकुमार क्षेत्रीले आन्तरिक उडानको ता’लिका मोटामोटी टुङ्गिए पनि विदेशी एयरला’इन्सको कति सङ्ख्यामा उडान हुने भन्ने निर्णय भइन’सेको बताउनुभयो ।

उहाँका अनुसार वायुसेवा सञ्चालक र प्राधि’करणबीच बिहीबार भएको सहमतिमा बुद्धएयरलाई १७, यती एयरलाइन्सलाई ११ र श्री एयरलाइ”न्सलाई आठ उडान गर्न अनुमति दिइ’एको छ । सौर्य, सीता, सिम्रिक र समिट एयरको कति उडा’न भन्ने टुङ्गो लागेको छैन ।

विमानस्थ’लमा एक घण्टामा ३५० यात्रुला’ई मात्र उडान गर्ने सहमति भएको छ । थोरै जहाज भएका र दुर्गम क्षेत्रमा उडान गर्दै आएका एयरलाइन्सले कति उ’डान गर्ने भन्ने वि’षयमा भने सहमति भइसकेको छैन ।

यो व्यवस्था भदौको पहि’लो हप्ताका ला’गि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक’ बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजे’सम्म उडानका लागि समय निर्धारण गर्ने सह’मति भएको छ ।

एयरलाइन्सको गुनासो

दैनिक १०० हारा’हारी उडान गर्ने बु’द्धएयर र दैतिक औसत ७० उडान गर्ने यती एयरलाइन्सले आफ्नो क्षमताअनुरुप उडान सङ्ख्या कम भएको गुनासो गरेको छ । श्री एयरलाइन्सले भने अहि’लेको अवस्थामा निर्धारित उडान सङ्ख्यालाई सा’मान्य ठानेको छ ।

बुद्धएयरले आफ्नो’ जहाज सङ्ख्याअ’नुरुप उडान सङ्ख्या कम भएको र अहिलेको अवस्थामा धनगढी र सुर्खेत गन्तव्य’मा उडान गर्न नसकिने जनाएको छ । बुद्धए’यरले सा’मान्य अवस्था’मा दैनिक छ हजारसम्म यात्रु व्यवस्थापन गरेको थियो ।

कम्पनीले ११ एटिआरसहित १३ जहाज’मार्फत आन्तरिक उडान गरिरहेको छ । यतिले हाल पाँ’च एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ । कम्पनीले सामान्य अवस्था’मा दैनिक ७० उडान गथ्र्यो ।

श्री एयरलाइन्सका संस्था’गत प्रबन्धक अनिल मानन्धरले सङ्क्रमणसँग जुधेर सुरक्षित र व्यवस्थित उडान गर्नुपर्ने भएका’ले अहिलेको उडान सङ्ख्या काफी भए’को बताउनुभयो । श्रीएयरले सामान्य अवस्थामा दैनिक २० वटासम्म उडान गर्ने गरेको थियो ।

यस्तो छ उडानको भाडादर

झण्डै पाँच महिनापछि हुनला’गेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै ए’यरलाइन्सले टिकट बु’किङ शुरु गरेका छन् । बुद्धएय’रका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्य’का लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएय’रले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

बुद्ध एयरले काठ’माडौंबाट भद्रपुर जान’का लागि रु आठ हजार ६३८ कायम गरेको छ । त्यसैगरी भैरहवा’का लागि रु पाँच हजार ६५९, भरतपुरका लागि रु तीन हजार ३४२, विराटनगर’का लागि रु छ हजार ७१७, धनगढीका लागि रु १० हजार ९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनक”पुरका ला’गि रु तीन हजार ८७१, नेपालगञ्जका लागि रु नौ हजार ३१२, पोखराका लागि रु चार हजार ६३०, सिमराका लागि रु दुई हजार ८५२, सुर्खेतका लागि रु १० ह’जार २९२ भाडा कायम गरेको छ ।

कोभिड–१९ सङ्क्रमबा”ट जोगिएर सुरक्षित हवा”ईसेवा सञ्चालनका लागि वायुसेवा कम्प”नीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् । (फाईल तस्बिर)

प्रतिकृया दिनुहोस्