Saturday, April 17

दुर्गेश प्रकरणमा गायक बद्री पंगेनीले दिए यस्तो जवाफ(भिडियो सहित)

July 25, 2020 394

पछिल्लो समय नेपाली कलाकारहरु ट्रोलको शिकार भइरहेका छन् । नजानेको विषयमा ‘जान्दिन’ भन्न नसक्ने र गलत जवाफ दिएका कारण केही अभिनेत्रीहरु सामाजिक संजालमा ट्रोल’रको निशानामा परे ।

केहीले अनावश्यक रुपमा बढी बोलेर आलोच’नाको शि’कार भए । केही भने आफ्ना सहकर्मीलाई बचाउने चक्क’रमा आफैं चिप्लिएर आलोचि’त भए ।

यद्यपि यी विषयमा भइरहेका ट्रोलको विरोध गर्दै कलाकारको बचाउ गर्नेले ‘सबै कुरा जान्नै पर्छ र ?’ भन्ने प्रश्न उठाउँदै कलाकारहरुको बचाउ गरे । कला क्षेत्रका व्यक्तिलाई राजनै’तिक विषय, सामान्य ज्ञानका कुरा सोधेर चेपुवामा पारिएको तर्क गरियो ।

आफ्नो क्षेत्रबारे पो जानकारी हुन्छ, सबै क्षेत्रको जान’कारी कहाँ हुन्छ ? भनेर बचाउ गरियो ।तर, पछिल्लो समय गायक दुर्गेश थापा ट्रोलरको निशानामा परेका छन् ।

निशानामा पनि यसरी परेका छन् कि उनले अरुले जस्तो ‘आफ्नो क्षेत्रबाहिरको’ कुरा सोधिएको भनेर बचाउ ग’र्ने ठाउँ पनि बाँकी छैन ।

उनले अरु विषय’मा होइन आफ्नै क्षेत्रको कुरामा गल्ती गरिदिए । संगीत क्षेत्रकै ज्ञान नभएको देखिएपछि अहिले दुर्गेशमाथि ट्रोलरहरु खनिएका छन् । पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ता’मा दुर्गेश’लाई स्वरसम्राट नारायण गोपालको गीत गाउन भनिएको थियो ।

धमलाले नारायणगोपालको गीत गाउन भने तर दुर्गेशले भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ’ गाइदिए । यतिमात्र होइन दुर्गेशले नारायणगोपालको गीत आफूले धेरै सुन्ने गरेको भने तर नारायणगोपालको गीत चिन्न सकेनन् ।

दुर्गेशको यो गल्तीसँगै सामाजिक संजालमा प्रश्न उठेको छ –‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँदैनन् ।

धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गाउँछन् तर शब्द बिगार्छन्। यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन् । यसको भिडियो तल छ

अर्को पनि समाचार….

निर्माता, निर्देशक एवं सदाबहार अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहवि’रुद्ध क्षतिपूर्तिको माग गर्दै मु’द्दा दायर गरेका छन् ।

अभिनेता एवं निर्देशक केसीले शुक्रबार १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अभिनेत्री शाहवि’रुद्ध काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर गरेका हुन् ।

अभिनेता केसीको निवेदनमा आफूलाई अभिनेत्री शाहले बेइज्जत गरेको उल्लेख गरेका छन् । जानकारी अनुसार विभिन्न पत्रपत्रिका, अनलाइन र युट्यूवमा अभिनेत्री शाहले आफूलाई यौन दूव्र्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता केसीले मु’द्दा दर्ता गरेका हुन् ।

विगत केही समय अघिदेखि अभिनेत्री शाहले ‘ड्रिम्स’ फिल्ममा काम गर्ने क्रममा आफू दु’व्र्यव\हारको शिकार हुनुपरेको बताएकी थिइन् । हालसम्म ८ वटा फिल्ममा काम गरेकीमध्ये तीन वटा फिल्ममा नराम्रो अनुभव भोग्नुपरेको अभिनेत्री शाहले बताएकी थिइन् ।

यसका साथै, अभिनेत्री शाहले आफूमाथि भएका दू’व्र्य’वहारका घटना बाहिर नल्याउन पटक–पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर सकिदिने ड’रसमेत देखाइ’एको बताएकी थिइन् ।

दुर्गेश सम्बधी भिडियो हेर्नुहोस ।।

प्रतिकृया दिनुहोस्