श्रावण शुक्ल पञ्चमीका’ दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पू’जा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ।
यसरी नाग’को तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी’लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
सूर्योदयकालमा पञ्चमी तिथि र ष’ष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भए’काले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्र’विद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो।
नाग पूजाको प्रचलन वैदिककाल’देखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नाग’लाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आ’जको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ।
प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका’ नाग रिसाएमा घरको जग भत्कन्छ भन्ने धार्मि”क विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।
नाग’लाई विष्णु र शिवका रुपमा मान्ने प्रचल’न वैदिक सनातन कालदेखि नै छ। भगवान् शिव’ले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भए’काले दुवै देवतालाई नागका रुपमा मान्ने गरिएको हो।
श्रीकृष्णले बाल्यका’लमै कालीनागको दमन गरे’को प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ। भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शीरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रना’थको घाँटीमा कर्को’टक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।
पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्र’मा उल्लेख गरिएको छ। लक्ष्मीको वा’स त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ। नागपञ्चमी कसरी र किन मना’उन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन्। जसमध्ये एउटा प्रख्यात किम्ब’दन्ती यस्तो छ।
एक किसानले आफ्नो खेत खनि’रहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आह’रा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन्।
रीसले चुर भएकी नागि’नीले तत्काल किसा’नलाई मार्दा पनि रीस’बाट मुक्त नभएकाले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।
संयोगले किसानकी छोरी घर बाहिर रहेकी’ले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खो’ज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसा’नकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खा’न दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।
मृत्युको मुखबा’ट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आजा गरी कचौरा’मा दूध पनि खान दिइन्। किसानकी छोरी’को प्रार्थना’बाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा माता’पिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।
प्रसन्न भएकी नागिनीले तथा’स्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदे’खि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र’वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थि’चेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्म’शास्त्रमा उल्लेख छ।
संसारमा सबैभन्दा मूल्यवान् रहे’को मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आ’जैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ।
नागका बाह्र नाम भएप’नि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नाग’लाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।
आजको दिन घरमा नाग टाँसेपछि खेत’बारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्त’पुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषा’लु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव’लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषि’मुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ।
भिडियो हेर्नुहोस …
प्रतिकृया दिनुहोस्