यतिबेला कोरोनाको महामारी र बाढी पहिरो संगै निम्तिएको छ । तर सरकारको ध्यान कोरोना महामारी रोक्ने तथा प्राकृतिक विपत्तिमा परेका पीडितको समस्यामा मलम लाउने भन्दा कुर्सितर्फ ध्यान सोझिएको छ ।
सरकारको अपरिपक्क कार्यशैलीको विरोध गर्दै केही समय अघि युवाहरु सडकमा समेत उत्रिए, युवाहरूको गुनासो तथा उनीहरूले उठाएका विषयको सम्बोधन गर्ने भन्दै सरकारले आश्वाशन त बाँड्यो,
तर युवाहरूको मुद्दालाई सम्बोधन गर्ने भनेको सरकारले आन्दोलनलाई थामथुम मात्र गर्यो , न त युवाको माग पूरा गर्यो न त आफ्नो नियमित कार्यक्रम नै राम्रो ढंगले गर्यो ।
कोरोना रोकथाम गर्ने भन्दै लामो समय लक डाउन गरेको सरकारले कोरोना परीक्षण को दायरा बढाएको त छैन नै , यतिबेलै सरकारमा आवद्ध दल आन्तरिक किचलोमा रुमलिएको छ ।
बाढीपहिरोबाट पिडित जनताको घरदैलोमा पुग्नुपर्ने सरकार कुर्सी जोगाउन र कुर्सी हत्याउन व्यस्त छ ।बरु कतिपय समाजसेवी र पत्रकारहरुको यतिबेला पीडितको घरैमा पुगेर उनीहरूको पीडामा मलम लगाउने कोसिस गरिरहेको छ ।
त्यस्तैमा चर्चित पत्रकार रबि लामिछाने नियमितरुपमा स्टुडियोबाट प्रसारण हुने सिधा कुरा जनतासँग कार्यक्रम पीडितहरूको घरदैलोमै पुगेर सञ्चालन गरिरहेका छन् ।
यति बेला रबि लामिछाने प्रदेश ४ मा छन् , भोलिको कार्यक्रम पोखराबाट प्रसारण गर्ने तयारी गरेका रबि एक्कासी म्याग्दी पुगेका छन् , हेलिकप्टर चार्टर गरेर सीधाकुरा को टिम किन पुग्यो त म्याग्दी ?
रवि लामिछाने का समर्थक काशी जेट्ली ले आफ्नो फेसबुकमा रबि लामिछानेको टीम म्याग्दी जानुको कारण खुलाउँदै एउटा पोस्ट गरेका छन् । काशी जेट्ली सीधाकुरा टीम संग निरन्तर कुराकानी गरिरहन्छन् । उनले पाएको सूचना उनले फेसबुकमा यसरी पोस्ट गरेका छन् ।।
हेर्नुहोस् जस्ताको तस्तै…
“रबि लामिछाने पोखरा बाट हेलिकप्टर मा म्याग्दी किन ??
सिधा कुरा जनतासँग कार्यक्रम भोलि आइतबार पोखरा को हल्लन चोक लेकसाईड स्थित होटल गुड विल बाट बेलुका ८:५० मा प्रतक्ष्य प्रसारण हुँदै छ ,
शुक्रबार दिउँसो पोखरा पुगेको न्युज २४ सिधाकुरा टिम पोखराका विभिन्न समस्या जनगुनासो सुन्न र ती समस्याहरुलाई टेलिभिजनमा प्रसारण गर्न देशका साथै प्रदेशमा यात्रा गरिरहेको बेला सिधाकुरा टिम पोखरा पुगेको हो।

आज १० बजेदेखि २ बजेसम्म जनताका समस्या सुन्ने र समस्यालाई न्युजको लागि रेकटिङ गर्ने समय थियो र अचानक केही पीडित को म्याग्दीबाट जटिल समस्या पहिरो पीडित गुनासो सीधा कुरा टिमलाई जानकारी दिएपछि र भोलि को कार्यक्रममा प्रसारण गर्नको लागि आजै गए ।
आज आउनुपर्ने भएको कारणले रबि सर सहित केही सहकर्मी साथीहरु लिएर हेलिकप्टर चार्टर गरी म्याग्दी का पहिरो पीडि’त सहित अन्य को गुनासो सुन्न र कार्यक्रम मा समस्या उब्जगर गर्न हेलिकप्टर लिएर पोखराबाट म्याग्दी पुग्नु भएको हो !!!

नेता हरु सरकारी ढुकुटी बाटो हेलिकप्टर लिएर माथि आकाश बाट तल जमीन मा जनता लाई दुरपिन बाट हेर्छन् र फर्किन्छन् , रवि सर व्यक्तिगत पैसा बाट जनता / पीडित को गुनासो आए पछि हेलिकप्टर लिएर जानु हुन्छ, जनता दुखी गरीब असक्त आशय प्रति को यो वफादार कार्य लाई नै हो रवि सर प्रति सम्मान अनि समर्थक गर्न मन लाग्छ !!”
प्रतिकृया दिनुहोस्