Thursday, December 7

लिपिस्टिक लगाउनेले ध्यान दिनैपर्ने यी ४ कुरा : अवस्य हेर्नुहोस्

July 26, 2020 1821

महिलाको सुन्दरतामा उनीह’रूले लगाउने लिपिस्टिक’ले पनि महत्व राख्दछ । अधिकाशं महिलाहरू सुन्दर ओठका लागी बिभिन्न प्रकारका लिपिस्टिक लगाउने गर्दछन् ।

आजकल बजारमा प्रशस्त मात्रामा लिक्विड लिपिस्टिक पाइने भएकाले महिलाहरू यस प्रकारको लिपिस्टिकको पनि अधि’कतम प्रयोग गर्दछन् । ठोस लिपिस्टिकको तुलना’मा तरल लिपिस्टिक गाढा रंग र धेरै समय टिक्ने भएकाले यस प्रति महिलाको रुची बढेको हो ।

तर तरल लिपिस्टिक लगाउँदा निम्न कुरामा भने ध्यान पुर्‍याउन आवश्यक हुन्छ ।

– तरल लिपिस्टिक लगाउँदा छिटो वा केहि से’केण्ड भित्र लगाउँनु हुदैन । यसका लागी प्रशस्त समय छुट्याएर विस्तारै लगाउनु पर्दछ ।

– यस प्रकारको लिपिस्टिक ठोस लिपिस्टि’कको तुलनामा चहकिलो हुने भएकाले सोहि अनुसारको अनुहारमा मेकअप गर्नुपर्छ । अर्थात अनुहारमा फाउनडेसन र ब्लस लगाउन जरुरी हुन्छ ।

– तरल लिपिस्टिक’लाई पटक पटक एक मा’थि अर्काे लगाउनु हुदैन । अर्थात यो लिपिस्टिक एकपल्ट लगाउँदा नै पुग्छ । यसलाई पटक पटक थपिरहनु हुदैन । यदि पुनः लगाउने आवश्यकता भएमा पहिले लगाएको लिपिस्टिक हटाउनुपर्छ । अन्यथा अस्वा’भाविक देखिन्छ ।

– यदि सुख्खा ओठ छ भने त’रल लिपिस्टिक लगाउँदा ओठमा मोइस्चराइजर लगाउन जरुरी हुन्छ । साथै लि&पिस्टिक हटाएपछि पनि ओठमा चिल्लो पार्न लिप बाम लगाउनु पर्दछ ।

आँखाको मेकअप गर्दा ध्यान दिनुपर्ने कुराहरु

नारी सौन्दर्यमा आँखाको शृंगारले विशेष भूमि&का खेलेको हुन्छ । प्रकृतिले प्रदान गरेको रूप&मा कुनै पनि पक्षलाई एउटा कलात्मक हातले सजाएर अझ आकर्षक कला हो ।आँखाको मेकअ&प गर्नुअघि आँखाको रंग कस्तो छ विचार पुर्याउनुपर्छ ।

अझै वर्षाको समयमा आँखाला&ई कसरी मेकअप कसरी गर्ने त्यसमा पनि ध्यान दिनुपर्छ ।आँखा’को मेकअप गर्नु पूर्व आँखाको आकार कस्तो छ भन्ने थाहा हुन जरुरी हुन्छ । आँखा क&सैको आईबल खैरो त कसैको कालो वा नीलो हुन्छ ।

यिनै रंगलाई ध्यान दिएर आँखाला’ई सुहाउने मेकअप गर्नुपर्छ । आँखाको मेकअप गर्नुअघि आँखीभौंको सेप राम्रो’सँग मिलाउनुपर्छ । कसैको आँखीभौं पातलो भए त्यसलाई आइब्रो पेन्सिलले मिलाएर अनुहारको बनावटअनुसार ठिक्क’को आकार दिन सकिन्छ ।

त्यसपछि आइलिडलाई बेस कोटद्वारा एप्लिके’टरको सहायताले मिलाएर विस्तारै फैलाउनुपर्छ । यदि डार्क सर्कल छ भने कन्सिलर प्रयोग गर्नुपर्छ । कन्सिलर स्किन टोनअनुरूप हुनु आव’श्यक छ । हाईलाईट गर्दा आँखीभौंको ठीक त’ल उठेको भागमा गोल्डेन आइभरी सिल्भर वाइट आदि आइस्याडो प्रयोग गर्नुपर्छ ।

आफूले लगाए’को पहिरनसँग मेल खाने कलरको आइस्याडो लगाउनु वेश हुन्छ ।आइस्याडो लगाउँदा आँखाको कु’नादेखि ब्रसको सहायताले विस्तारै लगाउँदै–लगाउँदै किनारा अथवा कोषमा लगाएर डार्क सेडो (गाढा) लगाउने र अझ त्यसमा स्लेटी गाढा हुनुपर्छ जसले गर्दा स्मोकी लुक देखियोस् ।

आँखाको परेला’मा मस्कारा लगाउनुपर्छ । यसले परेला बाक्लो देखिन्छ । आईलाईनर हल्का हातले विस्तारै लगाउ’नुपर्छ र अन्त्यमा गाजल लगाउनुपर्छ ।

यदि कसैको परेला एकदम पा’तलो छ अथवा छँदै छैन भने प्रस्ट देखिने गरी मिलाउन फल्स मस्कारा (नक्कली परेला) लगाउन सकिन्छ । मौसमअनुसार गर्मी अथवा वर्षामा वाटर प्रुफ मेक’अप गर्न सकिन्छ । – एजेन्सीको सहयोग मा

प्रतिकृया दिनुहोस्