Tuesday, December 5

पत्रकार रवि लामिछानलाई पोखरामा भव्य स्वागत , हेर्नुहोस् ७ तस्विरमा

July 26, 2020 2083

सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश प्रदेश बाट सञ्चालन गरिरहेको सीधाकुरा टिमले आज आईतबारको कार्यक्रम प्रदेश ४ बाट सञ्चालन गर्ने तयारी गरेको छ ।

अभियन्ता रामबाबु सेवान का साथमा रबि लामिछाने

आज ८:५० मा प्रसारण हुने कार्यक्रम प्रदेश नम्बर ४ को पोखराबाट सञ्चालन हुने बताइएको छ । कार्यक्रम मा प्रदेश नम्बर ४ का जनताको गुनासा सास्यहरुलाई सम्बोधन गरिने जनाइएको छ ।

We can do समूहले पोखरामा रबि लामिछाने लगाएतका टीम लाई स्वागत गर्दै

त्यस्तै यस कार्यक्रमका प्रस्तोता रबि लामिछानेले आजको कार्यक्रमको बारेमा जानकारी दिएका छन् । हिजो हेलिकप्टर मार्फत म्याग्दी पुगेर फर्किएका लामिछानेले म्याग्दीमा पहिरोका कारण पीडित बनेका साथानियहरुका समस्याहरुलाई समेत कार्यक्रम समेट्ने जनाइएको छ ।

दीपक बोहोरा लाई पोखरामा स्वागत गर्दै

उनले आफ्नो फेसबुक मा एउटा पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् । हेर्नुहोस् उनको फेसबुक पोस्ट जस्ताको तस्तै :

म्याग्दी पहिरोमा परि आफन्त र घर गोठ गुमाएकाहरुको पीडा अत्यन्तै दर्दनाक छ।पहिरोले क्षती पुर्याएका म्याग्दीका विभिन्न गाउँ पुगी हामीले विशेष कार्यक्रम तयार पारेका छौ। पीडितलाई राहत र पुनःस्थापनको पहलका लागि आजको कार्यक्रममा प्रयास हुनेछ।

बाटो घाटो बन्द भएको अवस्थामापनि औषधि र खाद्यवस्तुको जोहो,एक सुत्केरी महिला र एक बिरामी आमाको उद्दार भएको छ। गण्डकी प्रदेश, पोखराबाट आजको कार्यक्रम LIVE.. बाकी आज राति ८:५० मा…”

हेर्नुहोस् प्रदेश ४ मा रहँदा लिईएको केही तस्बिर हरु..

समाज सेवी ईशा गुरुङकी आमाका साथमा रबि लामिछाने
युवाहरुका साथमा
युवाहरुका साथमा दीपक बोहोरा
पोखरामा

 

 

प्रतिकृया दिनुहोस्