Thursday, October 21

प्रचण्डले मन्त्री भट्ट लाई भने: ओलीतिरै लाग्ने भए ‘स्थायी कमिटी सदस्य र मन्त्री छाड्नु’

July 27, 2020 959

सत्तारू’ढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्था’यी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्ति’मन्त्री लेखराज भट्टलाई चेताव’नी दिनुभएको छ ।

शुक्र’बार अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेशका नेता-कार्यकर्ताहरूसँग पार्टीभित्र’को सङ्कटबारे छलफल गर्नुभएकाे थियाे । छलफलमा सु’दूरपश्चिम प्रदेश क’मिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, आपूर्तिमन्त्री लेख’राज भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मग’र, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता-कार्यकर्ता प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

छल’फलका क्रममा दाहालले आपूर्तिमन्त्री भट्टलाई स्थायी कमिटी सदस्य, मन्त्री प’द छाडेर खुलेआम प्रचार गर्न चेतावनी दिनुभएकाे हाे । ‘भट्टमा ग’म्भीर प्र’कारको विचलन देखियो ।

प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री प’नि बन्ने तर ओलीजीको वकालत गरिराख्नुभएको छ । ओलीजी’तिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गरे भइहाल्यो नि !’ प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भन्नुभयाे ।

अध्यक्ष दाहालले लेखराज भट्टलाई मन्त्रीको भूमिका थमाउँदा पनि विरूद्धमा लागेको ‘भन्दै दुःखमनाउ गर्नुभयाे । “सुदूरपश्चिममा लेखरा’ज नै केन्द्रि’त भएर काम गरेको हो । उहाँले जे भन्नुभयो । जे गर्न चाहनुभयो त्यसैमा साथ, सहयोग दिएँ’ ।

अहिले मसँग एकशब्द नबोली, सल्लाह नगरी उहाँ आफैं टाढिनुभयो । उहाँका गुना’सा, प्रश्न, जिज्ञासा, आलोचना आक्रोश जे भए ‘पनि एकपटक छलफल गरेको भए त के बिग्रन्थ्यो । तर संवाद नै गर्नुभएन,’ प्रचण्ड दुखेसाे पाेख्नुभयाे ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति देखिए’काे उहाँले बताउनुभयाे । “ओलीजीमा सर्वे’सर्वा मैं हुँ भन्ने मनोवृत्ति पनि देखियो, कसैलाई मान्छे नगन्ने, कसैलाई मान्छे हुन् पनि नभन्ठान्ने,

अरूका कुरा नसुन्ने, सरुवा, बढुवा, नियुक्ति, नीतिगत निर्णय हुन् या प्राविधिक निर्णय’ सबैमा स्वेच्छाचारी ढङ्गले चल्न खोज्ने, स’हयोद्धाहरूको मानमर्दन गर्ने, सहयोद्धाहरू तलकै हुन्, रैती हुन्, ममात्रै विशिष्ट हुँ भन्ने चिन्नत हावी भयो ।” प्रचण्ड’को भ’नाइ उद्धृत गर्दै भट्टले भन्नु’भयाे । – न्युज २४ नेपाल (फाईल तस्बिर )

प्रतिकृया दिनुहोस्