बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा स’वेरै उठेर उनले गाउँ चहारे । सुतेउनको योजना थियो– स्यार्पुतालमा माछा मा’र्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मा’र्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए ।
१२/१५ जना साथीहरु भेला भएपछि झोलामा रोटी बोकेर माछा मा र्न स्यार्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र त्यही तालमा खोला मिसिएको ठाउँ आसपास माछा मा र्ने योजनामा अनिल र उनका साथी’हरु त्यहाँ पुगेका थिए ।
२० वर्षीय अनिल र २३ वर्षीय लोक’बहादुर दाजुभाइका छोरा हुन् । उनीहरुसँगै माछा मा’र्न गएका साथीहरुका अनुसार त्यस दिन स्यार्पुताल पुगेपछि कोही बल्छी थापेर माछा मा’र्न थाले त कोही माछाका आहारा खोज्न थाले ।
स्यार्पुतालमा मिसिने खारखोला वरपर पाइने किरा माछाले खाने भएकाले उनीहरु किरा र गड्यौला खोज्न थाले । कोही ता’लमा पौडी खेल्न थाले ।
उनीहरुसँगै गएका गाउँकै १५ वर्षीय बालक कमल ‘तालमा पौडी खेलिर’हेका थिए । पौडी खेलिरहेका कमल एक्कासी ‘मलाई गाह्रो भयो’ भनेर करा’उन थाले । उनी चिच्याएको सुनेर अनिल ता’लमा पसे । अनिलले कमललाई तानेर तालको किनारतिर ल्याउँदै शशी पुन’लाई जिम्मा लगाए । कमललाई तानेर शशी ताल’बाट निस्किए । तर, अनिल भने निस्किन सकेनन् ।
अनिलले आफूलाई ‘असजिलो भएको’ भन्दै बचाउ भनेर चिच्याएपछि लोकबहादुर अनिललाई बचा’उन तालमै मिसिने खोलामा पसे । खोलासँगै उनी तालमा त पुगे तर अनिललाई भेट्टाउन सकेनन् । धेरैबेर लोक’बहादुरले अनिललाई खोजे ।
तर, न लोकबहादुरले अनिलको उद्दार गर्न सके न आफू नै बाहिर आउन सके । अनिललाई खोज्ने क्रममै लोकबहादुरको पनि ज्या न गयो । लोकबहादुरको श व डुबेको दिन ७ गते नै भेटिएको थियो । ८ गते पोष्टमार्टमपछि उनको दाह’संस्कार गरिएको थियो ।
अनिलको श व १० गते भेटियो । त्यसै दिन पोष्टमार्टमपछि ११ गते उनको दाह संस्कार गरियो । यी दुवै युवा पौडी खेल्न जान्ने र पहिले पनि स्यार्पुतालमा पौडी खेलिसकेका हुन् । तालको ३ नम्बरतर्फबाट पौडिएर ५ नम्बर वडासम्म पुग्न सक्थे उनीहरु । यो दूरी अन्दाजी ४ देखि देखि ५ सय मिटर मानिन्छ ।
‘त्यो दिन के भयो भयो,’ सँगै पौडी खेल्न गएका र कमलको उद्धार’मा अनिललाई सघाएका शशी पुनले भने, ‘अहिलेसम्म म राम्ररी सोच्न, बोल्न सकिरहेको छैन ।’ अनिल र लोक बहादुर फरक–फरक कारणले डु’बेको हुनसक्ने बुझाई उनको छ ।
कमललाई उद्दा’र गर्ने बेलादेखि पौडी खेलिरहेको हुनाले हातखुट्टा गलेर, थाकेर अनिलले असजिलो मानेको हुनसक्ने उनको अनुमान छ । अनिल डुबेको देखेर आत्ति’एर खोलाबाट तालमा हाम्फालेका लोकबहादुर आत्तिएकै कारण समस्यामा परेको हुनसक्ने उनी बताउँछन् । आ’त्तिएर पानीमा हाम्फाल्दा पानी खाने संभावना हुने र त्यसो हुँदा पौडीखेल्न जान्ने मान्छे पनि डुब्नसक्ने उनी बताउँछन् ।
‘म कमललाई उ द्दार गरेर बाहिर निस्कनै लाग्दा बाहिर रहेको एकजना अंकलले, दुवै डु बे भन्नुभयो, पछि फर्केर हेर्दा दुवैलाई देखिनँ,’ उनले भने । अनिल र शशी मिलेर कमलको उद्दार गरेका थिए ।
शशीले कमललाई ताल बाहिरसम्म पुर्याउँदै गर्दा अनिलले पनि आफू असजिलोमा परेकाले बचाउनका लागि लोकबहादुरलाई बोलाएका थिए । त्यतिबेलासम्म लोकबहादुर माछा मारि’रहेका थिए ।
शशीका अनुसार खार’खोला मिसिएको र पानी बगिरहेको ठाउँमा नै उनीहरु डुबेका हुन् । लोकबहादुर डुबेको डेढ घण्टामा उनको श’व भेटिएको थियो । (श्रावण ११, २०७७ मा हरि गौतमले कान्तिपुरमा लेखेको यो समाचार यहाँ साभार गरिएको हो)
प्रतिकृया दिनुहोस्