Friday, July 23

विवाहपछी पहिलो पटक दयाहाङ राईसँग आँचल शर्माको भेट : हेर्नुहोस्

July 28, 2020 1381

कोरोना भाइरस’को संक्रमण रोक्न गरि’एको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शन’सम्म ठप्प छ । अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन् । तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भए’संगै म्युजिक भिडि’योको छायाँकन भने चलिरहे’को छ ।

चलचित्रको छायाँ’कन कहिले शुरु हुने अन्योल हुँदा अहिले चलचित्रका चलेका थुपै कलाकारहरु म्युजिक भिडियो”मा ब्यस्त देखिन थालेका छन् । पल शाह, पुष्प खड्का, केकी अधिकारी, स्वस्तिमा खड्का, दयाहाङ राई लगायतका कला’कारले म्युजिक भिडियोको छायाँकन गरेका छन् ।

त्यस्तै, अभिनेत्री आँचल शर्माले पनि म्यु’जिक भिडियो छायाँकन गरेकी छन् । आँचलले शुक्रबार मिल’न चाम्सको निर्देशनमा एक म्युजिक भिडियो’को छायाँकन गरेकी छिन्, जुन उनको लकडा’उनपछिको मात्र नभई बिहेपछिकै पहिलो भिडियो हो ।

आँचल गत फागुनमा वैवाहिक बन्धनमा बाँधि’एकी थिइन् । राजेश पायल राईको स्वर, निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको गीतका राजधानी काठमाडौँ आसपासका विभिन्न स्थानहरुमा छायाँ”कन सम्पन्न ग’रिएको निर्देशक चाम्सले जानकारी दिए । भिडियोमा अभिनेता दयाहाङ राई र आँचल शर्मा’को जोडीलाई दर्शकले हेर्न पाउने छन् ।

दयाहाङ र आँच’लको यो पहिलो काम हो । यी दुई कलाकारलाई दर्शकले एउटै फ्रेममा अहिलेसम्म देख्न पाएका थिएनन् । लामो समयपछिको पहिलो काम भए’काले उत्साहित देखिए’की आँचलले दयाहाङसंग काम गर्न सहज भएको बताईन् ।

आफूले हेरेको पहिलो नेपा’ली चलचित्र ‘लुट’रहेको र आफूलाई मनपर्ने कलाकार’संग काम गर्न पाउँदा खुसी लागेको आँचलको भनाई थियो । दयाहाङ पनि आँचलको कामबाट प्रभावित भए’को बताए । भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीको रुपमा प्रस्तुत हुनेछन्।

दयाहाङलाई आर्मी अफि’सर (याप्टेन)को भूमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्स बताउँछन् । दयाहाङ र आँचलको सह’कार्य स्किनमा हेर्न दर्शकले भने केही दिन कुर्नुप’र्ने हुन्छ । – डी थ्री अनलाइन

प्रतिकृया दिनुहोस्